च्याम्पियन्स लिगमा आज: बार्यन र पीएसजी बीच महा भिडन्त, चेल्सी र पोर्टो भिड्दै !

युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राती अन्तिम ८ का दुई महत्वपूर्ण खेल हुँदैछन्। नेपली समय अनुसार राति १२:४५ बाट सुरु हुने खेलमा गत सिजनको फाइनल खेल अर्थात् प्रतियोगिताको साबिक विजेता बार्यन म्युनिख र फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन तथा प्रिमियर लिग क्लब चेल्सी र पोर्चुगिज क्लब पोर्टो बीच भिडन्त हुँदैछ।

बार्यन म्युनिख र पीएसजी बीचको महा भिडन्त

अघिल्लो संस्करणको फाइनल खेल यो सिजनको अन्तिम ८ मा नै फेरी एक पटक हुन थालेको हो। यी दुई क्लब बीचको पछिल्लो भेटमा जर्मन क्लब बार्यन म्युनिखले पीएसजीलाई १-० ले हराउँदै उपाधि उचालेको थियो। यस्तोमा, आज हुने खेलमा जीत निकाल्दै दुबै टोली आफ्नो सेमी-फाइनलमा पुग्ने सम्भावना मजबूत पार्न चाहन्छन्।

अन्तिम १६ का खेलमा बार्यन म्युनिखले इटालियन क्लब लाजियोलाई हराउँदै क्वाटर फाइनलको यात्रा तय गरेको थियो भने पीएसजीले स्पेनिस महारथी बार्सिलोनालाई पराजित गर्दै अन्तिम ८ मा प्रवेश गरेको थियो।

त्यस्तै, आजै हुने अर्को खेलमा चेल्सी र पोर्टो एक-अर्काको सामना गर्दै छन्। चेल्सीले अघिल्लो चरणमा स्पेनिस क्लब एथलेटिको म्याड्रिडलाई पराजित गरेको थियो भने पोर्टोले इटालियन क्लब युभेन्टस माथि रोमान्चक जीत हात पर्दै क्वाटर फाइनलको टिकट काटेको थियो।

प्रकाशित : बुधबार, चैत २५, २०७७१७:४८

एमबाप्पे चम्किए, बायर्न आफ्नै मैदानमा पीएसजीसँग पराजित !