हामीले पीएसजीलाई ६ गोल हन्देको भए कोई बोल्नै सक्दैन थिए: थोमस मुलर

बुधबार राति पीएसजीसँग आफ्नो घरेलु मैदानमा ३-२ ले पराजित भएपछि बार्यन म्युनिखका स्टार प्ले-मेकर थोमस मुलरले आफ्नो टोलीको अग्रपङ्क्ति माथि प्रश्न उठाएका छन्।

जर्मन अन्तराष्ट्रियले पीएसजीको फरवार्ड लाइन निकै उत्कृष्ट भएता पनि बार्यन डिफेन्सले आआफ्नो क्वालिटी अनुसार नखेलेको र अग्रपङ्क्तिले पनि निराश गरेको बताए। टोलीको बेस्ट प्लेयर रोबर्ट लेवान्डोस्की र सर्जे गेनाब्री बिना पनि बार्यनको फरवार्ड लाइनले यो भन्दा राम्रो प्रदर्शन गर्नु पर्ने उनले बताए।

गयरति भएको खेलमा बार्यन तेस्रो मिनेटमा नै पछि परेको थियो। पीएसजीका किलियन एम्बाप्पेले नेइमारको असिस्टमा फ्रेन्च च्याम्पियन्सलाई अग्रता दिलाए। खेलको २८ औं मिनेटमा नेइमारकै असिस्टमा मार्किनीयोसले गोल गर्दै पीएसजीलाई २-० को अग्रता दिए। बार्यनका लागि चोउपो मोटिंग र मुलरले गोल गर्दै खेल बराबरीमा ल्याए पनि ६८ औं मिनेटमा एम्बापेले गोल गर्दै पीएसजीलाई जीत दिलाए।

मुलरले स्काइ स्पोर्ट्ससँग कुरा गर्दै भने,”हामीले उल्लेखनीय रूपमा गोल गर्न आवश्यक छ। अब गोल खाएपछि त यसबारे चर्चा त भइ नै हाल्छ, तर यदि खेल ६-३ ले हामो पक्षमा भएको भए कसैले केहि भन्नै सक्दैन थिए। तर हामीले प्रदर्शन गरे अनुसार गोल गर्न सकेनौं।”

आफ्नै मैदानमा बलियो प्रतिद्वन्दीसँग हारे बेहोरेको भए पनि मुलरले आफ्नी टिम अझै पनि सेमी-फाइनलमा पुग्नेमा आफू विश्वस्त रहेको बताए। यी दुई बीचको दोस्रो लेगको खेल १४ अप्रिलमा पीएसजीको घरेलु मैदानमा हुनेछ।

प्रकाशित : बिहिबार, चैत २६, २०७७११:३०

सन् २०१९ पछि नहारेको बायर्नलाई हराएपछि एम्बाप्पेले भने – “फेरी हराउँछौँ”