सन् २०१९ पछि नहारेको बायर्नलाई हराएपछि एम्बाप्पेले भने – “फेरी हराउँछौँ”

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार फरवार्ड किलियन एम्बाप्पेले हाल विश्वकै उत्कृष्ट फुटबल क्लबको रुपमा रहेको बायर्न म्युनिख विरुद्ध आफूहरुले राम्रो खेलेको बताएका छन्।

युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा डिफेन्डिङ च्याम्पियन जर्मन क्लब बायर्न म्युनिखलाई उसकै मैदानमा ३–२ ले पराजित गरेपश्चात बोल्दै एम्बाप्पेले बायर्न विरुद्ध पूरै टिमले राम्रो खेलको बताएका हुन्।

“अहिले विश्वकै उत्कृष्ट फुटबल टिमको रुपमा रहेको बायर्नसँगको खेल गाह्रो थियो। हामीले एक टिमको रुपमा धेरै राम्रो खेल्न सक्यौं।”,एम्बाप्पेले भने,”तर यो केवल पहिलो खेल मात्र हो। अर्को खेल पनि हामीले उच्च मनोवल र आत्मविश्वाससहित खेल्नु पर्ने हुन्छ।”

बायर्न विरुद्ध दोस्रो लेगको खेलमा बुधबार राति खेले जस्तै खेल्ने पनि एम्बाप्पेले बताए। थप कडा परिश्रम गर्ने र अहिलेको लयलाई कायम राख्ने एम्बाप्पेको भनाई छ।

अपराजित यात्राको अन्त्य

बुधबार राति भएको खेलमा पराजित भएसँगै १९ खेलको अपराजित यात्राको अन्त्य भएको छ। युइएफए च्याम्पियन्स लिग अन्तर्गतका खेलमा बायर्न लगातार १९ खेलमा पराजित भएको थिएन। पछिल्लो पटक बायर्न सन् २०१९ मा लिभरपुलसँग पराजित भएको थियो। त्यस यता बायर्नले १८ खेल जितेको थियो भने १ खेलमा बराबरी खेलेको थियो। लिभरपुल पश्चात बायर्नलाई पराजित गर्ने टिम पीएसजी बनेको छ।

जुर्ला त संयोग ?

सन् २०१९ मा बायर्नलाई हराएको लिभरपुलले च्याम्पियन्स लिग जितेको थियो। यस वर्ष पनि बायर्नलाई पन्छाएर अगाडी बढेको खण्डमा पीएसजीले च्याम्पियन्स लिग जित्ने सम्भावना थप बढ्ने देखिन्छ।

एम्बाप्पेको प्रदर्शन

पीएसजीलाई जिताउने क्रममा एमबाप्पेले दुई गोल र मार्किन्हसले एक गोल गरे। एम्बाप्पेले खेलको तेस्रो मिनेटमा नै गोल गरेका थिए। उनले नेयमारको पासमा गोल गरेका थिए । खेलको २८औं मिनेटमा नेयमारकै पासमा मार्किन्हसले गोल गरेका थिए। त्यस्तै ६८औं मिनेटमा एन्जल डि मारियाको पासमा केलियन एमबाप्पेले दोस्रो गोल गरेका थिए।

प्रकाशित : बिहिबार, चैत २६, २०७७११:५९

मेस्सीको कारण रियलले धेरै उपाधि जित्न सकेन: रामोस