हालान्ड र रोनाल्डो एउटै क्लबमा ?

इटालियन च्याम्पियन युभेन्टसले बोरुसिया डर्टमण्ड स्टार एर्लिंग हालान्डलाई सजिलै अनुबन्ध गर्न सक्नेमा पूर्व चेल्सी खेलाडी टोनी कास्कारिनो विश्वस्त छन्। कास्कारिनोका अनुसार २०१८ मा ३३ वर्षीय रोनाल्डोलाई १०० मिलियन खर्च गर्न सक्ने क्लबले हालान्डको लागि पानो खर्च गर्न सक्ने बताएका हुन्।

२०२० को जनावरी ट्रान्सफर विन्डोमा डर्टमण्ड आएका हालान्डले बुन्डेसलिगामा ३७ खेल खेल्दै ३४ गोल गरिसकेका छन्। नर्वेजियन स्ट्राइकरको मार्केट भ्यालु हालको समयमा १५० मिलियनको हाराहारीमा रहेको छ। यस्तोमा कास्कारिनोले युभेलाई हालान्ड माथि खर्च गर्न सल्लाह दिएका हुन्।

पूर्व चेल्सी स्ट्राइकरले टकस्पोर्टलाई भने, “धेरै सम्भावित मुभ युभेन्टस हुनेछ किनकि उनीहरूले ३३ वर्षीय रोनाल्डोलाई १०० मिलियनमा किनेका थिए। यदि कुनै क्लब ३३ वर्षीय खेलाडीको लागि १०० मिलियन खर्च गर्न तयार हुन्छ भने हलान्डलाई खर्च गर्न पक्कै तयार हुनेछ।”

क्लबका मुख्य खेलाडी रोनाल्डो आफ्नो करियरको अन्त्य तिर आइ रहँदा क्लबलाई एक ठूलो नामको खाँचो पर्ने र त्यो नाम हलान्ड हुनसक्ने उनको भनाइ छ। इटालियन च्याम्पियन अर्को पाँच वर्षका लागि च्याम्पियन्स लिगको मुख्य दाबेदार पनि हुने उनले बताए। उनले भने,”युभें आगामी पाँच बर्षमा [च्याम्पियन्स लिगको लागि] चुनौती दिने एउटा टोली हुने छन्। क्लबका लागि यो वर्ष त्यति सजिलो रहेन। उनीहरुको लागि यो वर्ष ट्रान्जिसनल सिजन भएको छ। तर उनीहरुले युवामा निकै भरोसा देखाउन सुरु गरेका छन्। यस्तोमा उनीहरुको लक्ष्य प्रष्ट बुझ्न सकिन्छ।”

च्याम्पियन्स लिगको अन्तिम १६ मा पोर्टोसँग पराजित भएको युभेन्टस सरी-ए मा पनि लिग लिडर इन्टर मिलान भन्दा अंकले पछाडी रहेको छ।

प्रकाशित : बिहिबार, चैत २६, २०७७१८:०५

मेस्सीको भविष्यको बारे लापोर्टाले पनि केहि गर्न नसकेका हुन् त ?