मेस्सीको भविष्यको बारे लापोर्टाले पनि केहि गर्न नसकेका हुन् त ?

बार्सिलोनाको नयाँ अध्यक्ष पदको लागि चुनाव भएको पनि एक महिना बितिसकेको छ। तर जोआन लापोर्टा अध्यक्ष पदमा नियुक्त भएको १ महिना बितिसक्दा पनि क्लबमा मेस्सीको अवस्था बारे भने कुनै परिवर्तन हुन सकेको छैन।

तर क्लबको स्रोतका अनुसार क्लबले मेस्सीलाई बारसिलोनामै राख्नको लागि नयाँ प्रस्ताव तयार पार्दै छ। लापोर्टा पहिले सबै प्रकारको अभ्यास गरेर मात्र मेस्सीको भविष्यको बारेमा छलफलमा जुट्ने छन्। क्लब अध्यक्ष मेस्सीलाई बार्सिलोनामा राख्नको लागि के-कस्ता माग पूरा गर्नु पर्छ भन्नेबारे पूरा तयार भएर मात्र यो छलफलमा प्रवेश गर्ने बुझिएको छ।

यसबाहेक लापोर्टा आउने समर ट्रान्सफर विन्डोमा गर्नुपर्ने साइनिंगको बारेमा पनि अध्ययन गर्दै छन्। केहि हप्ता अगाडी मात्र क्लबको मुख्य टार्गेट एर्लिंग हालान्डका एजेन्ट र बुबा बार्सिलोना आएर लापोर्टासँग वार्ता गरेका थिए। नवनियुक्त अध्यक्षलाई यो पनि थाहा छ कि बार्सिलोना एक मात्र क्लब हैन जसले मेस्सीलाई प्रस्ताव तयार गरिरहेको छ।

केहि रेपोर्टका अनुसार म्यानचेस्टर सिटीले मेस्सीको लागि बम्पर अफरको तयारी गरिरहेको छ। यदि मेस्सीले जारी सिजनपछि बार्सिलोना छाड्ने निर्णय गरेको खण्डमा सिटीले उक्त अफर मेस्सीलाई प्रस्ताव गर्नेछ। पेप ग्वार्डीओला मुख्य प्रशिक्षक रहेको क्लब सधैं मेस्सीलाई अनुबन्ध गर्न तयार रहनु कुनै नौलो कुरा हैन।

यसका साथै फ्रेन्च च्याम्पियन पीएसजी पनि बार्सिलोनाका कप्तान मेस्सीलाई अनुबन्ध गर्न आतुर देखिन्छ। सुपरस्टार नेइमारलाई २०२२ उता क्लबमा राख्न मेस्सीलाई भित्र्याउनु पर्ने बुझेको पीएसजी पनि मेस्सीलाई अनुबन्ध गर्न पछि हट्ने छैन।

मेस्सीले भने अहिले आफ्नो भविष्यको बारे निर्णय नलिने बताएका छन्। उनले सिजनको अन्त्यमा मात्र क्लबमा आफ्नो भविष्यको बारे निर्णय लिने बताएका हुन्।

प्रकाशित : बिहिबार, चैत २६, २०७७१८:२६

बोल्टको नजरमा मेस्सी भन्दा रोनाल्डो उत्कृष्ट !