बोल्टको नजरमा मेस्सी भन्दा रोनाल्डो उत्कृष्ट !

क्रिस्टियानो रोनाल्डो विभिन्न लिगमा उत्कृष्ट प्रदर्शन गरेको कारण नै उनी बार्सिलोनाका कप्तान लियोनल मेस्सी भन्दा उत्कृष्ट भएकोमा जमैकाका एथलिट उसेन बोल्ट विश्वास गर्छन्। आठ पटकका ओलम्पिक स्वर्ण पदक विजेता बोल्ट फुटबल फ्यान हुन् र खेलमा आफैंले पनि करियर बनाउने कोशिस गरेका थिए।

मोडर्न डे ग्रेटेस्ट खेलाडीद्वय मेस्सी र रोनाल्डो बारे कुरा गर्दै बोल्टले रोनाल्डोलाई मेस्सी भन्दा उत्कृष्ट भएको बताए। आफ्नो फेभरेट टोली म्यानचेस्टर युनाइटेडका लागि खेलको कारण र रोनाल्डोले आफूलाई तीन लिगमा बेस्ट प्रमाणित गरेका कारण उनी रोनाल्डोलाई उत्कृष्ट मान्छन्।

ला गजेटा डेल्लो स्पोर्टसँग बोल्दै उनले भने,”मेरो लागि यो गाह्रो प्रश्न हो किनकि म अर्जेन्टिनाको प्रशंसक हुँ, तर म क्रिस्टियानो रोनाल्डो र म्यानचेस्टर युनाइटेडको प्रशंसक पनि हुँ। मलाई लाग्छ कि रोनाल्डोसँग मेस्सीमा नभएको केहि त छ, किनकि उनले इटाली, स्पेन र प्रीमियर लिगमा आफ्नो महत्व देखाइसकेका छन्। त्यसैले, मेस्सी र रोनाल्डो बीच छान्नु पर्दा म रोनाल्डोलाई रोज्छु।”

बोल्टले यो भन्दा पहिले आफूलाई मेस्सीसँग तुलना गरेका थिए। आफू र मेस्सी दुबैले आ-आफ्नो क्षेत्रको शिखरमा पुग्नको लागि न्याचुरल प्रतिभा पाएको बताएका थिए। तर रोनाल्डोले भने आफू सफल हुनको लागि अत्याधिक मात्रमा कडा परिश्रम गरेको उनको भनाइ छ।

प्रकाशित : बिहिबार, चैत २६, २०७७१८:५८

आजबाट शरू हुँदै आईपिएल, प्रेडिक्ट एण्ड विन योजनाबाट जित्नुहोस् २५ हजार सम्म !