आजबाट शरू हुँदै आईपिएल, प्रेडिक्ट एण्ड विन योजनाबाट जित्नुहोस् २५ हजार सम्म !

काठमाडौँ – नेपालकै पहिलो व्यावसायिक सामाजिक सञ्जालको रुपमा रहेको रोलिङ नेक्ससले इन्डियन प्रिमियर लिग(आईपिएल) प्रेडिक्ट एण्ड विन योजना ल्याएको छ। नेपालमा क्रिकेट र आईपिएलको क्रेजलाई मध्यनजर गर्दै रोलिङ नेक्ससले प्रिमियर लिग(आईपिएल) प्रेडिक्ट एण्ड विन योजना ल्याएको हो।

आईपिएल आजबाट शुरु हुँदैछ भने रोलिङ नेक्ससको इन्डियन प्रिमियर लिग(आईपिएल) प्रेडिक्ट एण्ड विन योजना पनि आजबाट नै शुरु हुनेछ। प्रेडिक्ट एण्ड विन योजनामा सहभागी हुनेहरुले २५ हजार रुपैंयाँ सम्म जित्न सक्ने रोलिगं नेक्ससले जनाएको छ।

रोलिङ नेक्ससका अनुसार पहिलो विजेताले १२ हजार रुपैयाँ नगदका साथमा उपहार पाउनेछन् भने दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले ३ हजार सहित उपहारहरु पाउनेछन् ।

कसरी सहभागिता जनाउने ?

रोलिङ नेक्ससको प्रिमियर लिग(आईपिएल) प्रेडिक्ट एण्ड विन योजनामा सहभागी हुनको लागि रोलिङनेक्सस डट कम लगइन अथवा मोबाइल एपमा आफ्नो प्रोफाइल बनाई लगइन गरेर सहभागी हुन सकिन्छ।योजनामा भाग लिनको लागि( www.rollingnexus.com/sports) मा जान सकिन्छ।

प्रकाशित : शुक्रबार, चैत २७, २०७७१०:४५

चर्चामा मेस्सीले विश्वकप २०१८ मा गरेको प्रदर्शन, भाइरल भयो यस्तो भिडियो [भिडियो सहित]