वियोन्से र मदन कृष्ण श्रेष्ठको गीत आउँदै, मदन कृष्णले सोधे – “हाम्रो स्वर मेल खाला कि नखाला ?”

काठमाडौं – चर्चित गीत ‘फूलबुट्टे सारी’ को कभर भर्सन गाएर चर्चामा आएकी युगान्डाकी गायिका डे क्याप्टेन वियोन्से फाम्सीले अर्को नेपाली गीत गाउने भएकी छन्।

वियोन्से वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसँग मिलेर नयाँ गीत गाउने भएकी हुन्। वियोन्से र आफूले एकै गीतका स्वर दिन लागेको बारे श्रेष्ठले सामाजिक संजाल मार्फत जानकारी गराएका छन्।

वियोन्सेसँग मिलेर नयाँ गीत ल्याउन लागेको बारे सामाजिक संजाल मार्फत जानकारी गराउँदै श्रेष्ठले वियोन्सेको तरुणी स्वरसँग आफ्नो बुढो स्वर मेल खाला कि नखाला भनेर प्रश्न समेत गरेका छन्।

श्रेष्ठ फेसबुकमा लेख्छन्,”हामीले गाएको गीत “फूलबुट्टे साडी” लाई Capitn Beyounce Pharmacy ले पनि गाइन्। त्यसपछि यो गीतले अन्तराष्ट्रियकरणको रुप लिएको महशुस गरिएको छ। अब Beyounce र म मिलेर अर्को एउटा यूगल गीत गाउने तरखरमा छौं । बियोन्सीको तरुणी स्वरसंग मेरो बुढो स्वर मेल खाला कि नखाला खै … … ।”

मदनकृष्ण श्रेष्ठले भेटे युगान्डाकी वियोन्से

वियोन्सेको ‘फूलबुट्टे सारी’ को कभर भर्सन सार्वजनिक भएपछि मदन कृष्ण श्रेष्ठले वियोन्सेको प्रशंसा मात्र गरेका थिएनन्, उनलाई भेट्ने इच्छा पनि व्यक्त गरेका थिए। श्रेष्ठको उक्त इच्छा पनि पूरा भएको छ।श्रेष्ठ र वियोन्से बीच काठमाडौंस्थित एक रेस्टुरेन्टमा भेट भएको हो।

श्रेष्ठलाई भेट्दा भावुक भएकी वियोन्सेले आफू धेरै नै हर्षित भएको प्रतिक्रिया दिएकी थिइन्। त्यस्तै श्रेष्ठले पनि वियोन्सेको प्रतिभाले आफूलाई तानेको बताएका थिए।

प्रकाशित : बिहिबार, चैत २६, २०७७१३:३७

स्नेहालाई देख्ने बितिकै प्रेममा परेका थिए अल्लू, विवाह गर्न यति धेरै ‘पापड पेल्न’ परेको थियो !