स्नेहालाई देख्ने बितिकै प्रेममा परेका थिए अल्लू, विवाह गर्न यति धेरै ‘पापड पेल्न’ परेको थियो !

एजेन्सी – साउथ सुपरस्टार अल्लू अर्जुन दक्षिण भारतमा मात्र नभई अन्तराष्ट्रिय रुपमै परिचित कलाकार हुन्। उनको चर्चा दक्षिण भारत र भारतमा मात्र सिमित छैन। अल्लू अर्जुनका नेपालमा पनि लाखौं प्रशंसक छन्।

निजी जीवनको कुरा गर्नुपर्दा अल्लू अर्जुन विवाहित हुन्। सन् २०११ मा उनको स्नेहा रेड्डीसँग विवाह भएको थियो। अल्लू अर्जुनको विवाह प्रेम विवाह हो। अल्लूकी श्रीमती स्नेहाको मनोरन्जन क्षेत्रसँग कुनै सम्बन्ध छैन। स्नेहा हैदराबादका एक प्रसिद्ध व्यवसायीकी छोरी हुन्।

यस्तो छ अल्लू र स्नेहाको प्रेम कहानी ?

अल्लू र स्नेहाको पहिलो भेट अमेरिकामा भएको थियो। दुवैले एक साथीको विवाहमा एक-अर्कालाई देखेका थिए। स्नेहा अल्लूलाई पहिलो भेटमै मन परेकी थिइन्।

अल्लू एक अभिनेता हुन् भन्ने थाहा भएपनि त्यसबेला सम्म स्नेहाले अल्लूका कुनै पनि चलचित्र हेरेकी थिइनन्। त्यहि समय देखि अल्लू र स्नेहाको बातचीत हुन थालेको थियो। पहिला साथीको रुपमा शुरु भएको उनीहरुको सम्बन्ध प्रेममा परिणत भएको थियो।

अल्लू र स्नेहाले प्रेमलाई विवाहमा परिणत गर्न धेरै नै मिहिनेत गर्नुपरेको थियो। भएको के थियो भने, अल्लूले आफ्ना पितालाई बल्ल मनाएर स्नेहाको हात माग्न पठाएका थिए। तर स्नेहाका पिताले विवाहको प्रस्ताव अस्विकार गरिदिएका थिए।

परिवारबाट विवाहको मन्जुरी नपाएपनि अल्लू र स्नेहा दुवै एक-अर्कालाई छाड्ने अवस्थामा थिएनन्। अन्ततः धेरै प्रयास पश्चात दुवैले आफ्नो परिवारलाई राजी गराएका थिए।

अल्लू अर्जुनको जन्म र करियर

अल्लूको जन्म सन् १९८३ मा भारतको चेन्नईमा भएको हो। उनका पिता अल्लू अरविंद तेलुगू फिल्म निर्देशक हुन् भने उनी तेलुगू एक्टर चिरंजीवीका भतिजा रहेका छन्।

अल्लू अर्जुनले सन् २००३ मा लालकृष्ण राघवेंद्र रावको फिल्म ‘गंगोत्री’बाट एक अभिनेताको रूपमा आफ्नो करियरको शुरवात गरेका थिए। अल्लूले अहिले सम्मको करियरमा कयौं हीट चलचित्रमा काम गरिसकेका छन्। अल्लू अर्जुन कारहरुको शौखिन छन्। अल्लू करिब १०० करोड बढी पर्ने बंगलामा बस्छन् भने उनीसँग BMW, जगुआर, अडी, रेन्ज रोवर जस्ता कार छन्।

प्रकाशित : बिहिबार, चैत २६, २०७७१४:३९

यी हुन् आफ्नो वास्तविक नाम परिवर्तन गरेर फिल्ममा आएका नेपाली नायिका !