यी हुन् आफ्नो वास्तविक नाम परिवर्तन गरेर फिल्ममा आएका नेपाली नायिका !

मनोरन्जन क्षेत्रमा आएपछि वा पाइला राख्नु भन्दा पहिला नै कलाकारहरुले आफ्नो नाम परिवर्तन गर्नु कुनै नौलो कुरा हैन। भनिन्छ कहिलेकहिँ नाम परिवर्तन गर्नाले पनि सफलता मिल्ने गर्छ। आजको समयमा त झन यो चलन निकै प्रचलित भएको छ। नाम परिवर्तन गर्ने होस् वा निक नेम राख्ने हरेक क्षेत्रमा यो रहेको छ। चलचित्र क्षेत्रमा यो झन धेरै हुन्छ। यस्तोमा अआजा हामी तपाईंलाई यस्ता चर्चित नेपाली नायिकाहरुको बारेमा बताउँछौं जसले चलचित्र जगतमा आएपछि आफ्नो नाम परिवारत्न गरेका थिए।

करिश्मा मानन्धर 

नेपाली फिल्म जगतकी सदाबहार र सुन्दर नायिका भनेर चिनिने करिश्मा मानन्धर कुनै समयकी टप अभिनेत्री हुन्। वर्तमान समयमा यस क्षेत्रमा खासै सक्रिय नभएपनि उनलाई नचिन्ने थोरै मात्र होलान्। तर थोरैलाई मात्र थाहा होला कि उनले पनि आफ्नो नाम परिवर्तन गरेकी थिइन्। उनको वास्तविक नाम बुनु केसी हो।

आना शर्मा 

सुपरहिट फिल्म जेरीबाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी नायिका हुन् आना शर्मा। उनको फ्यान फलोइंग युवा-युवतीहरुमा खुब देख्न सकिन्छ। तर उनको वास्तविक नाम भने आना हैन। उनको वास्तविक नाम भने अन्नपूर्ण शर्मा हो।

गरिमा पन्त 

 

कुनै समयकी निकै चर्चित नामको गरिमा पन्त। झोला, तीन घुम्ती जस्ता उत्कृष्ट चलाचित्रमा काम गरिसकेकी नायिका गरिमा पन्तको वास्तविक नाम भने कमला पन्त हो। तर उनी सबै मानिस माझ गरिमा पन्तको नामले परिचित छिन्।

मेलिना मानन्धर 

सन् १९९३ मा फिल्म ‘प्रियसी’ बाट नेपाली फिल्म जगतमा प्रवेश गरेकी मेलिना मानन्धरले ‘मामाघर’, ‘भगवान’ जस्ता सफल फिल्ममा काम गरिसकेकी छिन्। उनको वास्तविक नाम भने सुनिता मानन्धर रहेको छ। उनले २००८ मा अभिनेता मुकेश ढकालसँग विवाह गरेकी हुन्।

नन्दिता केसी 

कुनै समय नेपाली फिल्म क्षेत्रमा चलेको नाम हो नन्दिता केसी। तर उनको वास्तविक नाम भने नन्दिता केसी हैन। उनको वास्तविक नाम शोभा केसी हो।

प्रकाशित : बिहिबार, चैत २६, २०७७१६:५५

करीनाको मास्कको मूल्य सुन्दा तपाईं तीन छक्क पर्नुहुनेछ, कसैको त मासिक तलब पनि नहोला त्यति !