करीनाको मास्कको मूल्य सुन्दा तपाईं तीन छक्क पर्नुहुनेछ, कसैको त मासिक तलब पनि नहोला त्यति !

कोभिड-१९ को दोस्रो लहर आउने संकेत देखिएको छ, त्यसैले सावधानी अपनाउनु निकै आवश्यक भएको छ। मास्क अब हाम्रो जीवनक्लो एक महत्वपूर्ण चीज भइसकेको छ। यस्तोमा, जीवनमा मास्क निकै महत्वपूर्ण भएपछि मानिसले यसमा पनि विभिन्न प्रकारका फेशन सुरु गरेका छन्। यो ट्रेन्ड बलिउडमा पनि चलेको छ। बलिउडका थुप्रै सुपरस्टारले फरक-फरक डिजाइनका मास्क लगाएको देख्न सकिन्छ। यस्तोमा बलिउडकी बेबो करीना कपूरले लगाएको मास्क सबैको चर्चाको विषय बन्न थालेको छ।

दोस्रो पटक आमा बनेकी करीनाले हालै मात्र सामाजिक सञ्जाल इन्स्टाग्राममा एक फोटो साझा गरेकी छिन् जसमा उनले एक कालो मास्क लगाएकी छिन्, जुन फोटो अब निकै भाइरल भइरहेको छ। उनले आफ्नो फोटो साझा गर्दै सबै मानिसलाई कुनै लापरबाही नगरी सबैले मास्क लगाउन आग्रह गरेकी छिन्।

तर उनको यो फोटो भाइरल हुनुको कारण भने यो संदेश हैन। यसको कारण हो उनले लगाएको मास्कको मूल्य। करीनाले लागएको उक्त मास्क लुइस भिटानको हो। यस मास्कको मूल्य नेपाली रुपैयाँमा ४० हजार भन्दा माथि हुन्छ। करीनाको यस मास्कको मूल्यले सबको ध्यानाकर्षण गरेको छ। करीनाले लागाएको यस मास्कको मूल्य सुनेर तपाईं पनि चकित हुन सक्नुहुन्छ।

प्रकाशित : शुक्रबार, चैत २७, २०७७१२:२२

कटरिनासँग किसिङ्ग सिन दिँदा पसिनै-पसिना भएका थिए यी अभिनेता, २ घण्टा गरेका थिए अभ्यास !