कटरिनासँग किसिङ्ग सिन दिँदा पसिनै-पसिना भएका थिए यी अभिनेता, २ घण्टा गरेका थिए अभ्यास !

एजेन्सी – कटरिना कैफ अहिले बलिउडमा स्थापित नाम हो। कटरिनालाई बलिउडमा अहिले थप पहिचानको कुनै जरुरत छैन। बलिउडका तीन खान सलमान, आमिर र शाहरुखसँग कटरिनाले काम गरिसकेकी छन्। बलिउडमा कटरिनाले जस्तो मौका र सफलता कमै मात्र नायिकाहरुले पाएका छन्।

 

कटरिनाले बलिउडमा चलचित्र ‘बूम’बाट डेब्यु गरेकी हुन्। सन् २००३ मा आएको उक्त चलचत्रमा कटरिनाले अमिताभ बच्चन, गुलशन ग्रोभर, जीनत अमान, ज्याकी श्रफ जस्ता कलाकारसँग काम गर्ने मौका पाएकी थिइन्।

पहिलो चलचित्रमै कटरिनाले दिएकी थिइन् किसिङ्ग सिन

कटरिनाले पहिलो चलचित्रमै बोल्ड सिन दिएकी थिइन्। चलचित्रमा कटरिनाले गुलशन ग्रोभरसँग किसिङ्ग सिन दिनुपर्ने थियो। उक्त सिन बारे गुलशन ग्रोभर आफैंले पनि कयौं पटक बताइसकेका छन्।

गुलशनका अनुसार कटरिनासँग उक्त सिन दिन उनलाई धेरै नै असहज भएको थियो। बलिउडका महानायक अमिताभ बच्चनकै अगाडी त्यस्तो सिन दिनुपर्ने भएका कारण पनि उनलाई अलि बढी असहज भएको थियो।

उक्त सिन दिन कटरिनालाई पनि सहज थिएन। पहिलो चलचित्रमै उनले त्यस्तो सिन दिन परेको थियो। उक्त सिनका लागि गुलशनले कयौं घण्टा अभ्यास गरेका थिए।

 

एक कोठामा आफूलाई बन्द गरेर दुई घण्टा सम्म अभ्यास गरेपछि मात्रै गुलशनले कटरिनासँग किसिङ्ग सिन दिएका थिए। पहिलो टेकमै उक्त सिन ‘ओके’ भएको थियो।

प्रकाशित : शुक्रबार, चैत २७, २०७७१३:५४

यी हुन बो-ल्ड एन्ड ब्युटीफुल अभिनेत्री ज्याक्लिन फर्नांडीजको भाइरल तस्विर!