शुक्रले गर्दैछ राशि परिवर्तन, शुभ परिणामको लागि गर्नुहोस् यस्ता उपाय !

संसारिक सुखको कारक मानिने शुक्र ग्रह १० अप्रिलको दिन मीन राशिमा प्रवेश गर्दैछ। यस राशिमा शुक्र ४ मे २०२१ सम्म अवस्थित रहनेछ। जसपछि यो आफ्नै स्वराशी वृष राशिमा गोचर हुनेछ। शुक्र ग्रहको यो राशि परिवर्तनले सबै १२ वटै राशिमा सुभ-अशुभ प्रभाव पर्नेछ।

ज्योतिषशास्त्र अनुसार शुक्र वृष र तुला राशिको स्वामी ग्रह हो। यो कन्या राशिमा नीच र मीन राशिमा उच्च रहन्छ। यदि कसैको कुण्डलीमा शुक्रको शुभ प्रभाव पर्छ भने उक्त व्यक्तिको जीवन सुख-शान्तिका साथ बित्नेछ। त्यस व्यक्तिले सबै प्रकारको भौतिक सुखहरूको आनन्द लिन सक्छ।

तर यदि कुण्डलीमा शुक्र कमजोर छ भने मानिसलाई आर्थिक संकट तथा भौतिक चीजका अभावले सताउँन थाल्छ। यसले गर्दा जीवनमा गरिबीको आगमन हुन्छ। ज्योतिषशास्त्रमा कुण्डलीमा शुक्र कमजोर हुँदा यसलाई मजबूत पार्नको लागि केहि उपायहरू बताइएको छ जसमा पूजापाठ, दान, व्रत, रत्न धारण जस्ता उपाय गर्न भनिएको छ।

कुण्डलीमा शुक्र ग्रह मजबूत पर्ने उपाय 

कुण्डलीमा शुक्र ग्रहलाई शुभ गर्नको लागि यो मन्त्र जप गर्नुहोस्….

ॐ शुं शुक्राय नम:। 
ॐ हिमकुन्दमृणालाभं दैत्यानां परमं गुरुं

कुण्डलीमा शुक्र मजबूत बनाउनको लागि शुक्रबार व्रत राख्नुका साथै माता लक्ष्मीको पूजा गर्नुहोस्।

यी चीज धारण गर्नुहोस् 

ज्योतिषशास्त्रका अनुसार हरेक दिन फरक-फरक रंगको वस्त्र लगाउनु शुभ हुन्छ। शुक्र ग्रह मजबूत बनाउनको लागि शुक्रबारको सिङ सेतो कपडा लगाउनु शुभ हुन्छ। साथै यस दिन सेता चीज दान गर्नु पनि निकै शुभ हुन्छ।

यी रत्न धारण गर्नुहोस् 

शुक्रको शुभताको लागि चार तथा गाईलाई आँटा खुवाउनु पर्छ। शुक्र यन्त्रलाई विधि-विधानका साथ पूजा गरेर पूजा स्थानमा राख्नुहोस्। शुक्रलाई सुदृढ पार्न हिरा र सेतो पुखराज लगाइन्छ, तर रत्न धारण गर्नु अघि राम्रो ज्योतिषीको परामर्श लिनु आवश्यक हुन्छ।

प्रकाशित : बिहिबार, चैत २६, २०७७१९:२४

अर्को बिहिबार सम्म यी राशिलाई धेरै लाभ !