लेवान्डोस्कीको अभाव खड्कियो, सेकेन्ड लेगमा के होला ?

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखका स्टार फरवार्ड रोबर्ट लेवान्डोस्कीले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेग पनि गुमाउने भएका छन्।

पोल्याण्डको राष्ट्रिता टोलिबाट खेल्दा घुँडामा समस्या आएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्धको पहिलो लेक गुमाएका लेवान्डोस्कीले दोस्रो लेग पनि गुमाउने भएका हुन्।

लेवान्डोस्की आफैंले अर्को हप्ता हुने खेलको लागि आफू तयार नहुने बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा लेवान्डोस्कीले च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेग गुमाउने स्पष्ट पारेका हुन्।

“पिचमा फर्किनको लागि म सक्दो मिहिनेत गर्छु। तर अर्को हप्ता नै म फर्किन्छु भन्न मुस्किल छ।”,लेवान्डोस्कीले स्काई स्पोर्ट्सलाई भने,”घरमा बसिरहन त मलाई पनि राम्रो लाग्दैन।”

लेवान्डोस्कीको अभाव खड्कियो

बायर्नको पछिल्लो सफलतामा लेवान्डोस्कीको प्रभावलाई नजरअन्दाज गर्न सकिँदैन। उनकै प्रभावशाली प्रदर्शनले गर्दा बायर्न लगातार सफल भइरहेको छ।

बुधबार राति भएको खेलमा लेवान्डोस्कीको अभाव स्पष्ट रुपमा खड्किएको थियो। बल पोसेसनमा पकड बनाएपनि बायर्नले २ गोल भन्दा बढी गोल गर्न नसक्दा बायर्नले खेल पीएसजीलाई सुम्पियो।

अपराजित यात्राको अन्त्य

बुधबार राति भएको खेलमा पराजित भएसँगै १९ खेलको अपराजित यात्राको अन्त्य भएको छ। युइएफए च्याम्पियन्स लिग अन्तर्गतका खेलमा बायर्न लगातार १९ खेलमा पराजित भएको थिएन।

पछिल्लो पटक बायर्न सन् २०१९ मा लिभरपुलसँग पराजित भएको थियो। त्यस यता बायर्नले १८ खेल जितेको थियो भने १ खेलमा बराबरी खेलेको थियो। लिभरपुल पश्चात बायर्नलाई पराजित गर्ने टिम पीएसजी बनेको छ।

प्रकाशित : बिहिबार, चैत २६, २०७७१५:४०

‘एल क्लासिको: मेस्सीलाई तीन वर्षे गोल खडेरी तोड्ने चुनौती ! सफल होलान् ?