‘एल क्लासिको: मेस्सीलाई तीन वर्षे गोल खडेरी तोड्ने चुनौती ! सफल होलान् ?

एजेन्सी – पछिल्लो समय बार्सिलोनाका कप्तान उच्च लयमा छन्। सिजनको शुरुवातमा अपेक्षाकृत प्रदर्शन गर्न नसकेपनि केहि महिना देखि मेस्सी लगातार उत्कृष्ट प्रदर्शन गर्न सफल भएका छन्।

मेस्सी अहिले लालिगाको सर्वाधिक गोलकर्ता छन्। उनले जारी सिजनमा २३ गोल गरिसकेका छन्। मेस्सीले यो संख्यामा गोल २७ खेलमा गरेका हुन्। मेस्सीको उच्च लयले बार्सिलोना समर्थकको मनमा धेरै नै आशा जगाइदिएको छ। बार्सिलोना समर्थक यति बेला मेस्सीले लालिगा प्रतिद्वन्दी रियल म्याड्रिड विरुद्धको गोल खडेरी तोड्ने आशा गरिरहेका छन्।

तीन वर्ष पछि रियल विरुद्ध गोल गर्न सफल होलान् त ?

रियल म्याड्रिड विरुद्धको ‘एल क्लासिकोमा मेस्सीले अहिले सम्म २६ गोल गरिसकेका छन्। यो संख्यामा गोल मेस्सी बाहेक इतिहाँसमै बार्सिलोना र रियल दुवै क्लबमा कुनै पनि खेलाडीले गर्न सकेका छैनन्।

यस हिसाबले मेस्सी ‘एल क्लासिकोका सर्वाधिक गोलकर्ता हुन्। तर, गएको तीन वर्षमा मेस्सीले लालिगा अन्तर्गतको खेलमा रियल विरुद्ध गोल गर्न सकेका छैनन्। मेस्सीले रियल विरुद्ध लालिगामा सन् २०१८ को मे मा गोल गरेका थिए।

सिजनको अन्तिम ‘एल क्लासिको शनिबार राति हुँदैछ। शनिबार राति हुने खेलमा मेस्सीको मूख्य उद्देश्य रियल विरुद्धको गोल खडेरी तोड्ने हुनेछ ।शनिबार हुने खेल यस अर्थमा पनि महत्वपूर्ण हुनेछ – शनिबार  जसले जित्छ उसको लालिगा जित्ने सम्भावना बढ्नेछ।

यस्तो छ अवस्था

लालिगाको शिर्ष स्थानमा अहिले एथ्लेटिको म्याड्रिड छ। उसको ६६ अंक छ। त्यस्तै ६५ अंक सहित बार्सिलोना लिगको दोस्रो स्थानमा छ। रियल म्याड्रिड भने ६३ अंक सहित तेस्रो स्थानमा छ।

प्रकाशित : बिहिबार, चैत २६, २०७७१७:१२

हालान्ड र रोनाल्डो एउटै क्लबमा ?