आज सिंगटी हाइड्रो इनर्जीको आईपीओ बाँडफाँट हुँदै ! कतिले पाउँछन् ?

काठमाडौँ – सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेको साधारण शेयर (आईपीओ) बाँडफाँड आज हुँदैछ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलले सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड आज ११ बजे गर्न लागेको हो।

मेगा क्यापिटलले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको थियो ।

मेगा क्यापिटलका अनुसार सिंगटीको आईपीओमा माग भन्दा बढी आवेदन परेको छ। सिंगटीको आईपीओका लागि १६ लाख ३५ हजार ५३७ जनाले कुल २ अर्ब ४६ करोड ६५ लाख ६४ हजार रुपैयाँ बराबरको आवेदन दिएको बताइएको छ।

शुक्रबार आवेदन दिएका बीच गोलप्रथा गरिनेछ। जसमध्ये २ लाख ६९ हजार ७ सय जनाले १० कित्ताका दरले शेयर पाउनेछन्।

प्रकाशित : शुक्रबार, चैत २७, २०७७१०:१९

सांसद पद गएका चार जनाको प्रशंसामा उत्रिए ओलीका प्रेस सल्लाहकार !