“एम्बाप्पेले यहि वर्ष मेस्सी र रोनाल्डोलाई पछि पार्छन्”

बिटी सपोर्ट पण्डित स्टिभ म्याकमानामानले पीएसजी स्टार किलियन एम्बाप्पेलाई उत्कृष्ट फुटबलर बताउँदै उनलाई मोडर्न डे ग्रेट मेस्सी र रोनाल्डोको उत्तराधिकारी रहेको पनि बताएका छन्।

आफ्नो करियरमा थुप्रै सफलता प्राप्त गरेका पोर्चुगिज रोनाल्डो र अर्जेन्टिनी मेस्सीले आफूलाई फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी मध्येमा स्थापित गरेका छन्। यस्तोमा, वर्तमान समयमा एम्बाप्पे र डर्टमन्ड स्टार एर्लिंग हालाण्डले आफूहरुलाई युरोपक टप स्टार मध्येमा नाम बनाउन सफल भएका छन्।

जारी सिजनमा उत्कृष्ट लयमा रहेका फ्रेन्च स्टार किलियन एम्बाप्पेले बुधबार च्याम्पियन्स लिगको खेलमा बार्यन म्युनिख विरुद्ध २ गोल गर्दै आफ्नो टोलीलाई जीत दिलाउन सफल भए। उनले यसअघि अघिल्लो चरणमा बार्सिलोना विरुद्ध एक ह्याट्रिकको मद्दतमा दुई लेगको खेलमा ४ गोल गरेका थिए।

म्याकमानमान अब विश्वास गर्छन् कि फ्रान्सेली विश्वकप विजेता मेस्सी र रोनाल्डोको सिंहासनको दाबी गर्न काबिल भएका छन्। उनले यो वर्ष वा अर्को वर्ष विश्वको सर्वोत्कृष्ट खेलाडीको ताज मेस्सी र रोनाल्डोको शिरबाट खोस्नेमा उनी विश्वस्त छन्। उनले भने,”एम्बापे निकै उत्कृष्ट खेलाडी हुन्, निकै नै उत्कृष्ट। उनी नै मेस्सी र रोनाल्डोको सिंहासनको हकदार उत्तराधिकारी हुन्, जुन यो वर्ष वा अर्को वर्ष हुनेवाला छ।”

तर एम्बापेले आफ्नो पूर्ण क्षमता फुटबल जगतलाई देखाउनको लागि भने उनले पीएसजी छाड्नु पर्ने उनले बताए। एम्बाप्पेको फ्रेन्च क्लबमा भविष्यको बारेमा पनि निकै चर्चा हुने गर्छ। २०२२ सम्म पीएसजीसँग सम्झौतामा रहेका उनी माथि युरोपका ठूला ठूला क्लबको नजर रहेको छ।

प्रकाशित : शुक्रबार, चैत २७, २०७७१८:०१

विश्वकप विजेता प्रशिक्षक भन्छन् – “मेस्सीलाई कोच गर्न पाए मात्रै मेरो करियर पूर्ण हुनेछ”