विश्वकप विजेता प्रशिक्षक भन्छन् – “मेस्सीलाई कोच गर्न पाए मात्रै मेरो करियर पूर्ण हुनेछ”

एजेन्सी – ब्राजिलका पूर्व प्रशिक्षक लुइज फेलिप स्कोलारीले बार्सिलोनाका कप्ताम लियोनेल मेस्सीलाई प्रशिक्षण गर्ने चरम इच्छा व्यक्त गरेका छन्।एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा स्कोलारीले मेस्सीलाई कोच गर्ने इच्छा व्यक्त गरेका हुन्।

हाल सम्म विश्व फुटबलमा सबै भन्दा सफल मानिएका खेलाडीहरुलाई प्रशिक्षण गरिसकेका उनले मेस्सीलाई प्रशिक्षण गर्न पाए आफ्नो करियर छुट्टै स्थानमा पुग्ने बताए। मेस्सीलाई कोच गर्ने पाउने अवसर आफूलाई कुनै पनि ट्रफी भन्दा ठूलो हुने स्कोलारीको भनाई छ।

“मेस्सीको प्रशिक्षक हुनुले मेरो करियरमा छुट्टै महत्व राख्नेछ। यसले मलाई प्रशिक्षकको रूपमा जितेका सबै उपाधि भन्दा बढी आनन्द दिनेछ।”,उनले भने।

स्कोलारीले डिएगो माराडोना र मेस्सीलाई कोच गर्ने आफ्नो योजना पूरा नभएकोमा दुख लाग्ने गरेको पनि बताए। क्रिस्टियानो रोनाल्डो, रिभाल्डो, रोनाल्डो, लुज फिगो जस्ता उत्कृष्ट खेलाडीहरूलाई कोच गरिसकेको भएपनि माराडोना र मेस्सी गर्न नपाएकोमा आफूलाई अफसोच भइरहने उनको भनाई छ।

उनले भने,”मैले डिएगो माराडोना र मेस्सीलाई प्रशिक्षण गर्ने सपना पूरा भएन भनेर जहिले पनि भन्ने गरेको छु। माराडोनासँग आफ्ना अनुभवहरू बाँड्ने मेरो चाहना थियो। तर, त्यो पूरा भएन। क्रिस्टियानो रोनाल्डो, रिभाल्डो, रोनाल्डो, वा लुज फिगो जस्ता उत्कृष्ट खेलाडीहरूलाई कोच गरेपनि मेस्सीलाई कोच गर्ने चाहना अझै पनि छ।”

स्कोलारी ब्राजिलका पूर्व प्रशिक्षक हुन्। उनी विश्वका सर्वाधिक उपाधि जित्न सफल प्रशिक्षकको रुपमा छन्। उनले फिफा वर्ल्ड कप, कन्फेडेरेसन कप, ब्राजीलियन लिग र कप, दुई पटक कोपा लिबर्टाडोरस र एशियाली च्याम्पियन्स लिग सहित अन्य धेरै उपाधिहरु जितिसकेका छन्।

प्रकाशित : शनिबार, चैत २८, २०७७११:४५

पीएसजी छाड्ने एम्बाप्पेको निर्णय ! जालान् रियल ?