पीएसजी छाड्ने एम्बाप्पेको निर्णय ! जालान् रियल ?

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पीएसजी)का स्टार खेलाडी किलियन एम्बाप्पेले क्लब छाड्ने निर्णय गरेका छन्। विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार एम्बाप्पेले पीएसजीसँगको सम्झौता थप नगर्ने निर्णय गरेका हुन्।

केहि समय अगाडी मात्रै एम्बाप्पेलाई पीएसजीले क्लबमै रहने कि क्लब छाड्ने भन्ने विषयमा सक्दो छिटो निर्णय गर्न खबर आएको थियो। त्यस विषयमा एम्बाप्पेले हालसालै निर्णय सुनाएको बताइएको छ।

एम्बाप्पेको यस निर्णयसँगै उनी रियल म्याड्रिड जाने सम्भावना बढेर गएको छ। एम्बाप्पेले विभिन्न अवसरमा आफ़ू रियलको ठूलो समर्थक रहेको बताउँदै आएका छन्। त्यस्तै रियलले पनि एम्बाप्पेलाई मूख्य टार्गेटको रुपमा राखेको छ।

पछिल्ला केहि चर्चालाई मान्ने हो भने एम्बाप्पेलाई भित्र्याउन अर्थ व्यवस्थापनमा रियल जुटिसकेको छ। त्यसको लागि रियलले क्लबका केहि खेलाडीहरुलाई बेच्ने योजना पनि बनाएको छ।

पीएसजीसँग एम्बाप्पेको सम्झौता

सन् २०२२ को जुन सम्मका लागि पीएसजीसँग एम्बाप्पेको सम्झौता छ। एम्बाप्पेले क्लब छाड्ने निर्णय गरेको खण्डमा त्यसअगाडी नै बिक्रि गरेर अन्य खेलाडीमा लगानी गर्ने योजना पीएसजीले बनाएको थियो।

एम्बाप्पेले क्लब छाड्ने निर्णय सुनाएसँगै पीएसजी यति बेला एम्बाप्पेलाई बेचेर त्यो रकम कुन खेलाडीमा खर्च गर्ने भन्ने छलफलमा जुटेको बताइन्छ।

रियलको हालाण्ड माथि पनि नजर

रियलले एम्बाप्पेको अलावा जर्मन क्लब बोरुसिया डर्टमण्डका खेलाडी अर्लिङ ब्राउट हालाण्ड माथि पनि नजर राखेको छ। पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेका उनलाई पनि क्लबमा ल्याउन रियलले चाहेको बताइन्छ। सम्भव भएसम्म हालाण्ड र एम्बाप्पे दुवैलाई क्लबमा भित्र्याउने रियलको योजना रहेको अन्तराष्ट्रिय संचार माध्यमहरु बताउँछन्।

प्रकाशित : शनिबार, चैत २८, २०७७१२:४०

एट्लेटिको म्याड्रिड बराबरीमा रोकियो, रियल र बार्सिलोनालाई फाइदा !