टेलरिङको काम गर्ने राजपाल यादव यसरी बने बलिउडको चर्चित कमेडीयन !

काठमाडौ । बलिउडका चर्चित कमेडियन राजपाल यादव ५२ वर्षका भइसकेका छन् । उनी भारतको शाहजहाँपुरमा जन्मिएका हुन् । उनले धेरै फिल्ममा सबैलाई हसाएर धेरै दर्शकहरुको मन जितिसकेका छन् । सायदै उनलाई नचिन्ने मान्छेहरु कमै होलान् । उनले आफ्नो पहिलो श्रीमतीको निधनपछि दोस्रो श्रीमतीको रुपमा राधालाई ल्याएका थिए । ज्योति उनको पहिलो श्रीमतीबाट जन्मिएकी छोरी हुन् ।

उनले आफ्नो अभिनयको यात्रा सिरियलबाट गरेपनि फिल्ममा भने १९९९ मा‘मस्त’ र ‘शूल’ बाट गरेका थिए । तर जब उनले २००० मा फिल्म जंगलमा आतंकवादीको भूमिका निर्वाह गरे । त्यसपछि उक्त भुमिकाले उनलाई चर्चाको शिखरमा पुर्यायो । उनको केही समय अगाडि फिल्म ‘टोटल धमाल’ रिलीज भएको छ ।

उनको बाल्यकाल
राजपालको बाल्यकाल निकै गरिवीमा बित्यो । उनको बुबाले ६ सन्तानहरुको खेती किसानीबाटै पालनपोषन गर्दथे । उनी पढाईमा कजोर भएपनि इन्टर पास गरे । त्यसपछि एउटा फ्याक्ट्रीमा टेलरिङको काम सुरु गरे । तर उनले आफ्नो अभिनय गर्ने इच्छा भएकाले जागिर काम छोडे ।

त्यसपछि आफ्नो अभिनय गर्ने इच्छा पुरा गर्नको लागी १९९४ मा लखनउ युनिभर्सिटीबाट ग्र्याजुएशन गरे । र, एनएसडीमा भर्ना भए । यो क्रममा उनले ३३०० सय रुपैयाँमा एउटा नाटकमा काम गर्ने मौका पाए ।तर सिनियरले २२०० रुपैयाँ आफूले लिएर राजपाललाई ११०० सय मात्र दिए । उनका अनुसार एनएसडीमा अध्ययनका क्रममा आफुलार्ई २० हजार रुपैयाँको जागिरको अफर आएको तर फिल्ममा काम गर्ने इच्छाले त्यो काम अस्विकार गरेको बताए । त्यसपछि सिरियलबाट आफ्नो अभिनयको यात्रा सुरु गरे ।

प्रकाशित : शनिबार, चैत २८, २०७७१३:५७

अविवाहित आमाबाट जन्मिएका हुन् यी ५ सेलेब्रेटी !