अविवाहित आमाबाट जन्मिएका हुन् यी ५ सेलेब्रेटी !

काठमाडौ । विवाह भनेको समाज र कानुनी प्रमाणका साथै जीवनभर सँगै जिउने कसम खाएर बाधिने जोडी हो । त्यसैले विश्वका सबै मानिसहरु विवाहलाई सन्तान उत्पादन गर्न वा अन्य कुराहरुको लागी लिगल सम्बन्ध मान्दछन् । तर आज हामी तपाईलाई अविवाहित आमाबाट जन्मेका चर्चित सेलेब्रेटीहरुको बारेमा कुरा गदै छौ । जसले कसरी आफ्नो सन्तानलाई जन्म दिए त ?यो रोचक कुरा हेरौ । जसले आफ्नो फिल्मी करियरबाट धुम मच्चाए ।

रेखा


बलिउडकी चर्चित नायिका रेखा पनि अविवाहित आमाबाट जन्मेकी हुन् । रेखाकी आमा पुष्पावली पनि नायिका नै थिइन् । त्यसबेला उनी तमिल र तेलुगु फिल्मका काम गर्दा गदै एक तमिल फिल्ममा जैमिनी गणेशनसँग फिल्म खेल्ने मौका पाएकी थिइन् । त्यसपछि यी दुवैको लभ अफियर सुरु भयो । तर रेखा उनीहरुको विवाह अगाडि नै जन्मिसकेकी थिइन् ।

श्रुति हासन


नायिका श्रुति हासन पनि अविवाहित आमाबाट जन्मेकी हुन् । साउथ फिल्मका चर्चित नायक कमल हासनको आफ्नो पहिलो पत्नी वानीसँग डिभोर्स भएको थियो । त्यसपछि उनले सारिकासँग सम्बन्ध अगाडि बढाए । त्यस सम्बन्धको परिणाम स्वरुप श्रुतिको जन्म भयो । श्रुति २ वर्षको भएपछि यी दुवैको विवाह भएको थियो ।

नोरा जोन्स


अमेरिका गायिका तथा नायिका नोरा जोन्स पनि अविवाहित आमाबाट जन्मिएकी हुन् । पहिलो पत्नीसँग सम्बन्ध विच्छेद भएपछि रवि र सु जोन्सको अफेयर चलेको थियो। त्यसपछि नोराको जन्म भयो । तर अचम्मको कुरा यी दुवैले कहिल्यै विवाह गरेनन् ।

नर्थ वेस्ट


नर्थ वेस्ट पनि अविवाहित आमाबाट जन्मेकी नायिका हुन् । उनी रियालिटी शो स्टार किम र म्युजिशियन कान्ये वेस्टको विवाह हुनु १ वर्ष अगाडि नै जन्मेकी थिइन् ।

सूरी क्रुज

सूरी क्रुजसन पनि हलिउड नायक टम क्रुज र नायिका केटी होम्सको विवाह अगाडि नै जन्मेकी थिइन् । जब यी दुईको अफियर सुरु भयो त्यसपछि सूरीको जन्म भएको थियो । त्यस पश्चात मात्र यी दुईको विवाह भएको थियो ।

प्रकाशित : शनिबार, चैत २८, २०७७१४:०६

बलिउडका यी कलाकारले डिभोर्सपछि गरेनन् अर्को विवाह !