बलिउडका यी कलाकारले डिभोर्सपछि गरेनन् अर्को विवाह !

काठमाडौं, २४ पुस । विवाहको मामलामा बलिउडको रेडर्क खासै राम्रो छैन । औलामा गन्न सकिने कलाकारहरुले आफ्नो विवाह बचाएर राखेका छन् । धेरैको जिवनमा विवाह भारी परेको छ ।

बलिउडमा जति सजिलोसँग विवाह गरिन्छ, त्यो भन्दा सजिलो ढंगबाट डिभोर्स दिइन्छ । तर केही कलाकार यस्ता पछि छन, जसले डिभोर्सपछि दोस्रोपटक विवाह गरेका छैनन् । एकै विवाहमा उनीहरुले वैवाहिक जिवन र एक्लो जिवनका बारेमा बुझेका छन् ।

हेर्नुहोस् सूचीः

मनिषा कोइराला
मनिषा कोइरालाले २०१० मा नेपाली बिजनेशम्यान सम्राट दाहालसँग विवाह गरेकी थिइन् । २ बर्षसम्म उनीहरुको बैबाहिक जिवन राम्रै चल्यो । तर २०१० मा उनीहरुको डिभोर्सको खबर आउँदा बलिउड अचम्ममा परेको थियो । २०१२ मा डिभोर्स भएपछि मनिषाले दोस्रो विवाह गरिनन् ।

कल्कि कोचिन
कल्कि र अनुराग काश्यमले एकपटक खुबै चर्चा कमाएका थिए । विवाहको केही समय पछि अनुरागको एक अफेयरको खबरले अखबरका पाना भरिए । त्यसपछि उनीहरुको डिभोर्स भयो । २०१५ मा अनुरागले अर्को विवाह गरे । तर कल्की भने अहिलेसम्म सिंगल छिन् ।

संगीता बिजलानी
संगीताको अफेयरको खबर सलमान खानसँग् समेत जोडिएको थियो । दबंग खानसँग अलगभएपछि संगीताले मोहम्मद अजहरुद्दनीसँग विवाह गरिन् । उनीहरुको २०१० मा डिभोर्स भयो । अहिलेसम्म संगीता सिंगल छिन् ।

पुजा भट्ट
पुजाले मुम्बईका एक रेस्टुरेन्टका मालिकसँग विवाह गरेकी थिइन् । उनीहरुको २०१४ मा डिभोर्स भयो । त्यसपछि पुजाले विवाह गरेकी छैनन् ।

अमृता सिंह
सैफ अली खानकी पहिली पत्नी अमृता सिंहले १९९१ मा विवाह गरेकी थिइन् । १३ बर्षपछि उनीहरुको डिभोर्स भयो । त्यसपछि अमृताले अर्को विवाह गरेकी छैनन् ।

ऋतिक रोशन
ऋतिक र सुजैनको डिभोर्सपछि दुवैले विवाह गरेका छैनन् । केहीसमय अघि ऋतिक र कंगनाको अफेयरको हल्ला भने चलेको थियो । एजेन्सी

प्रकाशित : शनिबार, चैत २८, २०७७१४:१६

यी स्टारहरु जसको बिहे महिनौ पनि टिकेन, कसैको ७ महिना-कसैको २ वर्ष!