ट्रकको ठ-क्करबाट मोटरसाइकल चालक चौधरीको मृत्यु!

सांकेतिक तस्विर

पूर्व–पश्चिम राजमार्गस्थित विर्तामोड नगरपालिका–६ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ बैसाबारीका ३८ वर्षीय रामकान्त चौधरी रहेको प्रहरीले जनाएको छ ।

पूर्वतर्फ आउँदै गरेको मे१ख २६२७ नंको बसलाई सोही दिशातर्फ आउँदै गरेको मे४प ६७४८ नंको मोटरसाइकलले उछिन्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ना४ख ७२८९ नंको ट्रकले ठ-क्कर दिँदा उनी घाइते भएका थिए । घाइते मोटरसाइकल चालक चौधरीलाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी अस्पताल पु¥याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले ट्रक चालक इलाम देउमाई नगरपालिका–६ का ४२ वर्षीय निमा शेर्पा र बसचालक मोरङ उर्लाबारी नगरपालिका–४ का ३० वर्षीय खड्गबहादुर भुजेललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेको छ ।

दुर्घटनामा दुईको मृत्यु, सात घाइते
भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान अनियन्त्रित भई कल्भडको डिलमा ठोक्किएर पल्टँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नाम, थर र वतन नखुलेका अन्दाजी ४५ र ५५ वर्षीय दुई पुरुष रहेका छन् ।

तीमध्ये ४५ वर्षीय पुरुषको घटनास्थलमै र ५५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । घाइते सातमध्ये पुरानो मेडिकल कलेजमा दुई, चितवन मेडिकल कलेजमा एक र भरतपुर सरकारी अस्पतालमा चार जनाको उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना१ज ६८५९ नंको म्याजिक भ्यान आज बिहान ९ः३५ बजे दुर्घटनामा परेको हो ।

प्रकाशित : आइतबार, चैत २९, २०७७११:३३

प्रचण्ड पत्नी सिताको अवस्था दयनीय: फोटो भाइरल, वास्तवमा के भएको हो?