एजेन्सी – प्रेम एक विश्वव्यापी भाषा हो। र, उत्कृष्ट कुरा यो हो कि प्रेमको भाषा सिक्न कतै जानु पर्दैन। प्रेमको भाषा स्वतः मनबाट उत्सर्जित हुन्छ। यस विश्वमा रहेका मानव, चरा-चुरुङ्गी, जनावर सबैलाई प्रेम गर्न आउँछ।
प्रायः प्राकृतिक प्राणीहरूले आफ्नो सिमाना पार गरेर प्रेम गर्ने गरेको र प्रेमको भाषा बोल्ने गरेको हामी पाउँछौँ। यस्तै एक प्रेमको कथा यति बेला इन्टरनेटमा धेरैलाई भावुक बनाइरहेको छ।
भाइरल भइरहेको प्रेमको कथा अरु कसैको नभई एक महिना र एक मैना चराको हो। भारतको गोवा निवासी एक महिला र मैना चराका केहि तस्विरहरुले सामाजिक संजालमा राम्रै चर्चा बटुलिरहेका छन्।
ती महिला र मैनाको तस्विर सामाजिक संजालमा पोस्ट गर्ने मनिष हरिप्रसाद हुन्। तस्विर सार्वजनिक गर्दै उनले ती महिला को हुन् र उनी के गर्छिन् भन्ने कुरा पनि उल्लेख गरेका छन्। मनिषका अनुसार ती महिला चराहरुको उद्धार गर्ने गर्छिन्।
मनिष तस्विर सार्वजनिक गर्दै लेख्छन्,”गोवाकी यी महिला गुँडबाट खसेका चराका बचेराहरुको उद्धार गर्छिन्। उनैले उद्धार गरेको यो मैना चरीले उनको टाउको बाहेक अरू कतै बस्न इन्कार गरिरहेको छ। उनले बिस्तारै हप्काउँदै भनिन् ‘आफ्नो घर फर्किनु पर्दैन?'”
This lady, from a fishing village in Goa, rescues the bird chicks that fall down from the nests.
Like this Myna chick, who refused to sit anywhere other than her head.
Heart-melting moment was when she gently scolded it 'when will you go home?'#IndiAves @IndiAves @ParveenKaswan pic.twitter.com/g5N1Kuyyiw— Manish Hariprasad (@manishariprasad) April 9, 2021
मनिषले ट्वीटरमा पोस्ट गरेको यस फोटो कथाले बिस्तारै धेरैको मन छुँदै छ। यस फोटो कथामा प्रतिक्रिया जनाउँदै धेरै ट्वीटर प्रयोगीहरुले ती महिलालाई धन्यवाद दिएका छन्।