एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखका स्टार फरवार्ड रोबर्ट लेवान्डोस्कीले पहिलो दौड सेसन पूरा गरेका छन्। पोल्याण्डको राष्ट्रिता टोलिबाट खेल्दा घुँडामा समस्या आएपछि स्वास्थ्य लाभ गरिरहेका लेवान्डोस्कीले पहिलो दौड सेसन पूरा गरेका हुन्।
चोटबाट मुक्त भएर पुनरागमनका लागि लेवान्डोस्की कडा मिहिनेत गरिरहेको बायर्न म्युनिखले जनाएको छ। लेवान्डोस्कीले पहिलो दौड सेसन पूरा गरेपनि लेवान्डोस्की तत्काल खेलका लागि भने तयार हुने छैनन्।
युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा उपलब्ध होलान् ?
लेवान्डोस्की युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा उपलब्ध नहुने म्युनिखले स्पष्ट पारेको छ। बायर्नका अनुसार लेवान्डोस्कीपेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्धको खेलमा उपलब्ध हुने छैनन्।
बायर्नले एक अपडेट जारी गर्दै भनेको छ,”घुँडामा लागेको चोटबाट मुक्त भएर ‘कमब्याक’ गर्न रोबर्ट लेवान्डोस्की कडा मिहिनेत गरिरहेका छन्। र, हाम्रा शीर्ष गोलकर्ताले पहिलो दौड सेसन पूरा गरेका छन्। लेवान्डोस्की पोल्याण्डसँगको अन्तर्राष्ट्रिय कर्तव्यबाट घाइते फर्किएका थिए। लेवान्डोस्की युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगको लागि उपलब्ध हुने छैनन्।”