यसरी हरेस खाएका छोराको करियर जोगाएका थिए अमिताभ बच्चनले !

बिग बी का एक मात्र छोरा जुनियर बच्चन प्राय: जसो समय मिडियाको चर्चामा हुन्छन्। अभिषेकको व्यक्तिगत र व्यावसायिक जीवनमा सधैं मानिस र मिडिया सबैको नजर रहने गर्छ। यस्तो अवस्थामा हाल अभिषेक बच्चन आफ्नो फिल्म द बिग बुलको कारण चर्चामा छन्। फिल्मको बारेमा धेरै दर्शकहरुको प्रतिक्रिया त्यति सकारात्मक छैन। त्यस्तै, आइएमडीबी रेटिंगको कुरा गर्दा पनि फिल्म खरो उत्रिन सकेको छैन।

अभिषेकको फिल्मले दर्शकलाई एक पटक फेरी निराश पारेपछि उनको खुब ट्रोल हुन सुरु भएको छ। जुनियर बच्चन आफ्नो अभिनय क्षमताको कारण ट्रोल भएको यो पहिलो पटक भने हैन। तर अभिषेकको जीवनमा एक यस्तो समय पनि आएको थियो जब उनी सबै आलोचन र फ्लप फिल्महरुको कारण निराश भएर फिल्मी जगतलाई नै अलबिदा गर्न चाहन्थे।

स्वयम् अभिषेकले यसको बारेमा खुलासा गरेका हुन्। उनलाई कुनै समय लागेको थियो कि उनी फिल्म इन्दस्ट्रीको लागि बनेका नै हैनन्। उनले सार्वजनिक मञ्च असफल हुनुको पिडा नै छुट्टै भएको पनि बताएका थिए। जब आफूलाई दर्शकले नरुचाएपछि आफू आफ्ना पितासँग सल्लाहको लागि गएको अभिषेकको भनाइ छ।

जसपछि बलिउडका बिग बी अमिताभ बच्चनले आफ्ना छोरालाई जे भने त्यसले अभिषेकको पूरा सोच नै परिवर्तन भयो। अभिषेकले बताए कि उनका पिताले उनलाई भने,”मैले तिमीलाई एक हार मान्ने मानिस बनोस् भन्ने सोचेर हुर्काएको हैन। तिमीले कुनै पनि क्षेत्रमा सफल हुन कडा मेहनत गर्न सक्नु पर्छ। एक अभिनेताका रूपमा तिमीले प्रत्येक फिल्ममा प्रगति गर्दै छौ। त्यसैले, अफर भएको राम्रो फिल्ममा काम गर्दै जानु।” आफ्ना पिताको यस्तो कुरा सुनेपछि अभिषेकले फिल्म क्षेत्रबाट टाढा नहुने फैसला गरे। अहिले पनि उनी बलिउडका विभिन्न चलचित्रमा देखिन्छन्।

प्रकाशित : सोमबार, चैत ३०, २०७७१८:२३

नमूना कलेजका विद्यार्थीहरुको डिजाइनमा धपक्कै बले मोडलहरु ! [फोटो फिचर]