यी बलिउड स्टारले विवाहमा पाए आफ्नै एक्सबाट बधाई र उपहार !

बलिउड इन्डस्ट्रीमा हरपल कुनै न कुनै स्टारको अफेयरले चर्चा पाइरहेको हुन्छ। तर सबैको प्रेम सफल हुन्छ भन्ने कतै पनि छैन। यद्यपि, धेरै बलिउड स्टारहरू यस्ता पनि छन् जसले ब्रेकअप पछि पनि एक-अर्कासँग सुमधुर सम्बन्ध कायम राखेका छन्। जहाँ केहि स्टारले ब्रेकअप पछि एक-अर्कासँग बोल्न समेत बन्द गरे त्यहिँ केहि मानिसले भने साथीको सम्बन्ध कायम राखेर कति त एक्सको विवाहमा समेत सामेल भए। आज हामी तपाईंलाई यस्तै केहि सुपरस्टारको बारेमा बताउन जाँदैछौं जसले आफ्नो एक्सको विवाहमा सामेल भएर चर्चा बटुलेका थिए।

प्रियंका चोपडा 

बलिउडकी देसी गर्ल भनेर चिनिने प्रियंका चोपडाले अमेरिकी गायक तथा अभिनेता निक जोनससँग विवाह गरेकी छिन्। उनको विवाहमा थुप्रै स्टारको उपस्थिति थियो। यद्यपि सबैभन्दा खास कुरा यो थियो कि यस विवाहमा प्रियंकाका दुई एक्स शाहिद कपूर र हरमान बावेजा पनि पुगेका थिए। उनीहरुको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएको थियो।

बिपासा बासु 

बिपासा बासु कारण सिंह ग्रोबरसँग विवाह बन्धनमा बाँधिएकी छिन्। उनको विवाहमा उनको पूर्व प्रेमी डिनो मोरिया पनि उपस्थित थिए। कुनै समय बिपासा र डिनोको अफेयरको चर्चा बलिउडमा जता ततै थियो। तर पछि यी दुई बीच ब्रेकअप भएको थियो।

अनुष्का शर्मा 

आजको समयमा अनुष्का भारतीय क्रिकेटर बिराट कोहलीसँग सुखमय वैवाहिक जीवन बिताइरहेकी छिन्। तर कुनै समय उनको नाम बलिउड अभिनेता रणवीर सिंहसँग जोडिएको थियो। पर्दामा यी दुई जोडीको केमिस्ट्री दर्शकलाई खुब मन परेको थियो। वास्तविक जीवनमा पनि यी दुई बीच अफेयर रहेको बताइन्छ। पछि यी दुई छुट्टिएका थिए। अनुष्का र बिराटको विवाहमा रणवीर सामेल भएका थिए।

सोनाम कपूर 

बलिउडको फेशन डिभाका रूपमा परिचित सोनम कपूरले दिल्लीका व्यवसायी आनन्द आहुजासँग विवाह गरेकी छिन्। उनीहरुको विवाहमा थुप्रै बलिउड सुपरस्टार पुगेका थिए। सब भन्दा खास कुरा यो थियो कि सोनमको विवाहमा उनको एक्स रणबीर कपूर पनि पुगेका थिए।

नेहा धुपिया 

नेहा धुपियाले अंगद बेदीसँग विवाह गरेकी हुन्। उनको विवाहको खबर अचानक चर्चामा आएको थियो। नेहा र अंगदको विवाहमा नेहाका पूर्व प्रेमी युवराज सिंह पनि सामेल भएका थिए।

प्रकाशित : बिहिबार, बैशाख ०२, २०७८१०:५३

दिपिका-कटरिनासँग किन हुन सकेन रणबीरको विवाह ?