दिपिका-कटरिनासँग किन हुन सकेन रणबीरको विवाह ?

एजेन्सी – अभिनेता रणबीर कपूर बलिउडमा डेब्यू गरेयता लगातार प्रेम सम्बन्ध तथा अफेयरका कारण चर्चामा छन्। बलिउडमा पाइला टेके लगतै शुरु भएको उनको अफेयरको चर्चा अझै पनि जारी छ।

सन् २००७ मा चलचित्र ‘सावरिया’बाट डेब्यू गरेयता उनको नाम कयौं नायिकाहरुसँग जोडिसकेको छ। बताइएअनुसार, रणबीरकी पहिलो प्रेमिका अवन्तिका मलिक थिइन्। अवन्तिकासँगको सम्बन्ध विभिन्न कारणले गर्दा टुटेको थियो। यी दुई बीचको सम्बन्ध खासै चर्चामा नआएपनि कुनै एक समयमा एक-अर्कालाई धेरै नै मन पराउँथे।

रणबीरको नाम अवन्तिकासँग मात्र नभई कटरिना कैफ र दिपिका पादुकोण जस्ता चर्चित नायिकाहरुसँग पनि जोडिसकिएको छ। विभिन्न रिपोर्टलाई आधार बनाउने हो भने रणबीर दुवै नायिकाहरुसँग गहिरो प्रेम सम्बन्धमा थिए।

कटरिना भन्दा अगाडी रणबीरको सम्बन्ध दिपिकासँग रहेको थियो। त्यस बेला रणबीर र दिपिकाले विवाह गर्ने सम्मका चर्चा चलेका थिए। तर, उनीहरुको सम्बन्ध दुई वर्ष भन्दा बढी टिकेको थिएन।

त्यस्तै अर्की नायिका कटरिनासँग पनि रणबीरको सम्बन्ध थियो। कटरिनासँग रणबीरको सम्बन्ध ६ वर्ष सम्म चलेको थियो। कुनै एक समयमा दुवै विवाह गर्न तयार समेत थिए। यधपी ६ वर्षपछि उनीहरुको ब्रेकअप भयो। हाल रणबीर नायिका आलिया भट्टसँग प्रेम सम्बन्धमा छन्।

के परिवारका कारण हुन सक्ने रणबीरको विवाह ?

रणबीरको प्रेम सम्बन्धमा उनको परिवार तगारो बन्ने गरेको बताइन्छ। हाल सम्म उनको प्रेम सम्बन्धहरु परिवारका कारण टुटेको भारतीय संचार माध्यमहरु जनाउँछन्। अवन्तिका, दिपिका देखि कटरिना सम्मको सम्बन्ध परिवारका कारण टुटेको चर्चा बलिउड जगतमा हुने गरेको छ। यति सम्मकी कटरिनासँग लुभ-इनमा रहेर विवाह सम्म गर्न लागेका रणबीरलाई परिवारले नै सम्बन्ध तोड्न दबाव दिएको थियो।

विशेषतः आमा नितू कपूरका कारण रणबीरको सम्बन्धहरु टुट्ने गरेको बताइन्छ। रणबीरकी आमा नियू कपूरले उनलाई प्रेम सम्बन्धलाई लिएर गम्भीर नहुन सुझाव दिने गरेकी छन्।

प्रकाशित : बिहिबार, बैशाख ०२, २०७८१४:२४

अजिव भन्दा अजिव फेसनका लागि चर्चित छन् रणवीरका यी फेसन धेरैलाई नपच्न सक्छ ![तस्विर सहित]