बुध ग्रह शुक्रबार ९ बजेर ९ मिनेटबाट मेष राशिमा प्रवेश गरेको छ । यस राशिमा बुध ग्रह १ मे सम्म अवस्थित रहेनछ। त्यसपछि यो वृष राशिमा प्रवेश गर्नेछ। ज्योतिषशास्त्रमा बुध ग्रहलाई सञ्चार, बुद्धि, छाला, हरियो रंग, लेखन आदिको कारक कारक मानिन्छ। बुध ग्रह मेष राशिमा प्रवेश गर्नाले ५ वटा राशिलाई अत्यन्त शुभ परिणाम प्राप्त हुनेछ।
मेष राशि

यस अवधिमा तपाईंको कार्य सरलताका साथ पूरा हुनुका साथै लाभ प्राप्त हुनेछ। तपाईंको साहस र पराक्रममा वृद्धि हुनेछ। तपाईंले गरेको काम र लिएको निर्णयको सराहना गरिनेछ। सामाजिक पद प्रतिष्ठा बढ्नेछ। विद्यार्थी वर्गको लागि यो समय अत्यन्त शुभ रहनेछ। आर्थिक पक्ष मजबूत रहन्छ। तर आर्थिक लेन-देनमा भने ध्यान दिनुहोला। शत्रुसँग सावधान रहनुहोस्।
वृष राशि

अधिक भागदौड तथा खर्च बढ्न सक्छ। अनावश्यक झै-झगडामा नपर्नु होला। फजुल खर्च बढ्नाले आर्थिक संकटको सामना गर्नु पर्नेछ। विदेशी कम्पनीहरूमा सेवा वा नागरिकताको लागि गरिएका प्रयासहरू सफल हुनेछन्। लाभदायक यात्राको योग रहेको छ। धर्म-कर्मको मामिलामा पनि खर्च हुनेछ। विद्यार्थी वर्गको लागि समय अनुकूल रहनेछ।
मिथुन राशि

आर्थिक रुपले उन्नति हुनेछ। आकस्मिक धन प्रप्तिको योग रहेको छ। परिवारका सदस्यबाट पूरा साथ सहयोगको अपेक्षा गर्न सकिन्छ। कसैलाई दिइएको पैसा फिर्ता आउने सम्भावना छ। स्वास्थ्यमा समस्या आउनसक्छ, विशेषगरी पेट सम्बन्धि समस्याले सताउन सक्छ। साथीहरू, छिमेकीहरू र आफन्तहरूसँगको सम्बन्ध बिग्रन नदिनुहोस्।
कर्कट राशि

कार्य व्यापारको विस्तार हुनेछ। आयका साधनमा वृद्धि हुनेछ। मित्र तथा आफन्तबाट सुखद समाचार प्राप्त हुनेछ। व्यापारीहरुको लागि समय अनुकूल रहनेछ। नयाँ व्यवसाय आरम्भ गर्नको लागि अवसर अनुकूल रहेको छ। कार्यक्षेत्रमा उच्च पदाधिकारीसँग राम्रो सम्बन्ध कायम रहनेछ। पदोन्नतीको योग रहेको छ।
सिंह राशि

यो समयमा तपाईंलाई भाग्यले पूरा साथ दिनेछ। विदेशी कम्पनीहरूमा सेवा वा नागरिकताको लागि गरिएका प्रयासहरू पनि सफल हुनेछन्। धर्म कर्मको काममा तपाईंको रुचि बढ्नेछ। सन्तान सम्बन्धि चिन्ताबाट मुक्ति मिल्नेछ। नव दम्पतिको लागि सन्तान प्राप्तिको योग रहेको छ। सरकारी क्षेत्रबाट विशेष सफलता मिल्ने सम्भावना उच्च छ।
कन्या राशि

कार्यक्षेत्रमा षड्यन्त्रको शिकार हुनबाट बच्नुहोस्। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ, सजग रहनुहोला। यो समयमा कुनै प्रकारको आर्थिक कारोबार नगर्नुहोला। विद्यार्थी वर्गको लागि यो समय खासै अनुकूल नरहला, राम्रो नतिजा प्राप्त गर्नको लागि कडा मेहनत गर्नु पर्नेछ।
तुला राशि

कार्यक्षेत्रमा उच्च पदाधिकारीबाट पूरा साथ सहयोगको अपेक्षा राख्न सकिन्छ। विवाह सम्बन्धि वार्ता सफल रहनेछ। ससुराल पक्षबाट सहयोग पनि प्राप्त हुनेछ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। व्यापरीहरुको लागि त यो समय अत्यन्त शुभ साबित हुनेछ। सरकारी काम गर्ने मानिसको पानी समय शुभ नै रहने देखिन्छ।
वृश्चिक राशि

कार्यक्षेत्रमा तपाईंका शत्रु तथा प्रतिस्पर्धीसँग सावधान रहनुहोला। स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ, विशेषगरी पेट सम्बन्धि समस्या देखा पर्न सक्छ। आर्थिक लेन-देन गर्दा विशेष सावधानी अपनाउनुहोस्। कसैलाई धेरै ऋण नदिनुहोस्, अन्यथा आर्थिक नोक्सान हुने सम्भावना रहन्छ। विदेशी कम्पनीहरूमा सेवा वा नागरिकताको लागि गरिएका प्रयासहरू सफल हुनेछन्।
धनु राशि

विद्यार्थी वर्गको लागि यो समय कुनै वरदान भन्दा कम हुनेछैन। पढाईमा राम्रो नतिजा प्राप्त गर्न सफल हुनेछन्। सन्तान प्रतिको जिम्मेवारी पूरा हुनेछ। नव दम्पतिको लागि सन्तान प्राप्तिको योग रहेको छ। प्रेम सम्बन्ध बलियो हुनेछ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्। दाम्पत्य जीवन पनि सुखमय तरिकाले नै बित्नेछ।
मकर राशि

मित्र तथा आफन्तको साथ सहयोगको अपेक्षा राख्न सकिन्छ। जग्गा-सम्पत्ती सम्बन्धि मामिलाहरूको समाधान हुनेछ। घर तथा गाडी खरिद गर्न चाहनुहुन्छ भने समय अनुकूल रहेको छ। यात्रा गर्दा सावधान रहनुहोला। समानहरु चोरी हुनबाट बच्नुहोस्। आमा-बुबाको स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। कार्यक्षेत्रमा पदोन्नतीको सम्भावना रहेको छ।
कुम्भ राशि

तपाईंको स्वभावमा नम्रता बढ्नेछ। आफ्नो वाणी कौशलको बलमा कठिन परिस्थिति माथि पनि विजय प्राप्त गर्न सक्नुहुनेछ। तपाईंको साहस तथा पराक्रम बढ्नेछ। धर्म कर्ममा तपाईंको संलग्नता बढ्नेछ। सामाजिक क्षेत्रमा मान-साम्मनमा वृद्धि हुनेछ। वरिष्ठ परिवारका सदस्यहरू र भाइहरूबीच मतभेद बढ्न नदिनुहोस्।
मीन राशि 
आकस्मिक धन लाभ मिल्ने सम्भावना रहेको छ। रोकिएको धन पनि आउने सम्भावना छ। व्यापारीहरुको लागि यो समय अत्यन्त शुभ साबित हुनेछ। यदि तपाईं नयाँ व्यवसाय सुरु गर्न चाहनुहुन्छ भने यो समय उत्तम रहनेछ। स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ, विशेषगरी आँखा सम्बन्धि समस्या आउन सक्छ।

