पहिलो श्रीमती रिनाको लागि आमिरले लेखेका थिए आफ्नो रगतले चिट्ठी!

बलिउड अभिनेता आमिर खान जन्म १४ मार्च १९६५ मा मुम्बईमा भएको थियो । आमिरले ८ वर्षको उमेरमा फिल्ममा काम गरेका थिए । जुन  फिल्म ‘यादों की बारात’ थियो ।  आमिरले अहिलेसम्मका सबै फिल्ममा जुनसुकै भूमिका निभाएका छन् ती सबैमा धेरै राम्रो प्रस्तुति दिएका छन्  ।

आमिर खानले फिल्म ‘कयामत से कयामत तक’ बाट अभिनेताको रुपमा  आफ्नो करियरको सुरुवात गरेका थिए। आमिरको पिता ताहिर हुसैन एक फिल्म निर्माता थिए तर उनी आफ्नो छोरा आमिलाई अभिनेता बनाउन चाहदैन थिए ।  थिएटर ग्रुप अवंतरमा २ वर्षसम्म काम गरेपछि उनले अभिनयलाई आफ्नो करियर बनाउने निर्णय लिएका  थिए  ।

आमिर जब ‘क़यामत से क़यामत तक’ को शूटिंग गरिरहेका थिए । यसै बीचमा उनले रिनासँग बिहे गरेका थिए । तब आमिर २१ वर्षका थिए र रिना १८ वर्षकी थिइन्।  त्यस समय आमिर रिनाको मायामा यति पा’गल थिए कि उनले आफ्नै रगतले रिनाको लागि चिठी लेखेका थिए ।  यद्यपि, रिनाले उनलाई अब देखि कहिल्यै यस्तो काम  नगर्न भनेकी थिइन् । धर्म फरक भएपछि विवाह गर्ने कुरामा समस्या आयो तर उनीहरुले त्यसको केहि पर्वाह नगरी १९८६ सालमा बिहे गरे  ।

आमिरको दोस्रो बिहेको कुरा गर्दा उनको भेट किरण रावसँग २००० सालमा फिल्म  ‘लगान’ को  सेटमा भएको थियो । विवाहित भएपनि आमिरलाई किरण मन परेको थियो । यस  फिल्ममा किरण शामिन देसाईको  असिस्टेंट थिइन् । किरणलाई  पनि आमिर मनपर्थ्यो। यी दुईले २००५ सालमा बिहे गरे । दुवैको एक छोरा रहेको छ, जसको नाम आजाद राव खान हो । तर अहिले यी दुई बीच सम्बन्ध विच्छेद भैसकेको छ।

प्रकाशित : मङ्गलबार, बैशाख ०७, २०७८१८:५९

३ दिन लगाएर खिचिएको थियो यस चलचित्रको ‘किसिंग सीन’, थर-थर कामेकी थिइन् नायिका