३ दिन लगाएर खिचिएको थियो यस चलचित्रको ‘किसिंग सीन’, थर-थर कामेकी थिइन् नायिका

एजेन्सी – सन् १९९६ मा आएको बलिउड चलचित्र ‘राजा हिंदुस्तानी’ले धेरैको मन जितेको थियो। चलचित्रमा आमिर खान र करिश्मा कपूर मुख्य भूमिकामा देखिएका थिए। ९० को दशकमा दुवै बलिउडका रुचाइएका कलाकार थिए।

‘बक्स अफिस’मा हिट भएको यो चलचित्र एक-प्रकारले विवादमा समेत परेको थियो। कारण थियो – चलचित्रमा रहेको चुम्बन दृश्य। त्यसताका चलचित्रमा चुम्बन दृश्य देखाइनु सामान्य मानिदैनथ्यो।

चलचित्रमा मूख्य भूमिका निभाएका आमिर खान र करिश्मा कपूर बीचको चुम्बन दृश्य फेब्रुअरी महिनामा खिचिएको थियो। करिश्माका अनुसार चलचित्रको छायाँकन भएको समयमा एकदमै जाडो थियो।

उनी बताउँछिन्की त्यो चुम्बनको दृश्य खिच्ननै तीन दिन लागेको थियो। करिश्माले चुम्बनको दृश्य खिच्न तीन दिन लागेको एक अन्तर्वार्ताको क्रममा खुलासा गरेकी हुन्।

“सायद धेरैलाई थाहा नहुन सक्छ उक्त ‘किस सिन’ खिच्न हामीलाई तीन दिन लागेको थियो। त्यो सिन दिँदामा म कामिरहेको थिएँ।”,उक्त सिनको छायाँकन बारे उनी भन्छिन्,”मलाई त्यो दृश्यको छायाँकन कहिले सकिएला जस्तो भाथ्यो”

बताइएअनुसार, उक्त दृश्य तामिलनाडुको ऊटी शहरमा थिए। करिश्माका अनुसार त्यससमयमा मौसम धेरैनै चिसो थियो। जाडोमा काम्दै शुटिंग गरेको उनी अझै पनि सम्झिन्छिन्।

बलिउडबाट पलायन करिश्मा

बलिउडमा चल्तीकै नायिका भएता पनि करिश्मा पछिल्लो समय बलिउड देखि टाढा छिन्। विवाह पश्चात पलायन भएकी करिश्माको सम्बन्ध विच्छेद भैसकेको छ। बलिउड कम्ब्याकको तत्काल सम्भावना नदेखिएता पनि उनी छिट्टै डिजिटल डेब्यू गर्दैछिन्। उनी जी ५मा प्रसारित हुने ‘मेंटलहुड’मा देखा पर्ने बताइएको छ।

प्रकाशित : मङ्गलबार, बैशाख ०७, २०७८१९:३०

साउथ इन्डियन चलचित्रबाट डेब्यु गरेका थिए यी बलिउडका चर्चित नायिकाहरु !