बलिउडकी सदाबहार अभिनेत्री भनेर प्रख्यात रेखाले आफ्नो सुन्दरता र अभिनय शैलीको कारण हरेक दर्शकको मन जित्न सफल भएकी छिन्। ६६ वर्षको उमेरमा पनि उनको मुहारको चमक अलिकति पनि कम भएको छैन। रेखा पर्दामा त निकै सुपरहिट रहिन् तर उनको व्यक्तिगत जीवन भने कुनै फिल्मी कहानी भन्दा कम रहेन। कहिलेकाँही प्रेम, कहिले विवाह…. थुप्रै विवादास्पद रेखाको जीवनको भाग बन्यो। उनको निजी जीवनमा नसोचेको भूकम्प आयो जब उका पति मुकेश अग्रवालले आ-त्म’ह-त्या गरेका थिए।
बलिउडका थुप्रै अभिनेतासँग रेखाको नाम जोडियो तर सबैभन्दा चर्चामा रह्यो रेखा र अमिताभ बच्चनको प्रेम। चलचित्रमा सुपरहिट भएको यो जोडीको अफेयरको चर्चाले पनि पूरा फिल्मी जगतनै हल्लाउन थालेको थियो। तर अमिताभ बच्चन विवाहित भएको कारण यो सम्बन्ध धेरै समय भने टिक्न सकेन।
अमिताभसँगको प्रेम सफल नभएपछि रेखाको जीवनमा इन्ट्री भयो व्यापारी मुकेश अग्रवालको। मुकेश अग्रवाल दिल्लीका ठूला व्यापारी थिए। उनको कम्पनीले हटलाइन किचनका सामानहरू निर्माण गर्थ्यो। फिल्मी हस्तीहरुसँग घुलमिल हुन निकै मन पराउने मुकेशले आफ्नो पार्टीमा बलिउडका ठूला-ठूला स्टारहरुलाई आमन्त्रित गर्थे। प्रख्यात डिजाइनर बिमा रमानी मुकेश र रेखाका साझा मित्र थिए। रेखा र मुकेशको भेट पनि रमानीको मार्फत नै भएको थियो।
जसपछि यी दुई एक-अर्काको निकट हुँदै गए र दुबैले विवाह गर्ने निर्णय गरे। १९९० मार्च ४ तारिखको दिन मुकेश र रेखा विवाह बन्धनमा बाँधिए। विवाहपछि रेखा मुम्बईमा बस्थिन् भने मुकेश आफ्नो व्यापारको कारण दिल्लीमा। मुकेशको प्रभावशाली व्यक्तिहरूसँग भेट गर्ने इच्छाले रेखालाई चिन्तित तुल्याउन थाल्यो र बिस्तारै उनी आफ्नो पतिबाट टाढा हुन थालिन्। मुकेश विवाहपछि रेखा फिल्म क्षेत्रमा नलागोस् भन्ने चाहन्थे। तर रेखा यसको लागि तयार थिइनन्। यसका साथै विवाहपछि मुकेशको व्यापार पनि घाटामा जाँदै थियो।
यसको कारण मुकेश निकै तनाबको स्थितिमा पुगेका थिए। यसैबीच रेखाले मुकेशलाई सम्बन्ध विच्छेद पनि मागेकी थिइन्। यी सबै तनाबका बीच मुकेशले आफ्नै ज्यान लिने फैसला गरे र यो संसारबाट बिदा भएर गरे। यसरी विवाह भएको केहि महिनामा नै मुकेशले आफैंले आफ्नो ज्यान लिए। यासिर उस्मानले आफ्नो पुस्तकमा लेखेका थिए कि मुकेशले आफ्नो ज्यान लिनको लागि रेखाको पछ्यौरी प्रयोग गरेका थिए।