आफ्नो फ्यानसँग विवाह गरेर हंगामा मच्चाउने बलिउड स्टार यी हुन् !

बलिउड स्टारले आफ्नो अभिनय तथा लुक्सका साथ मानिसलाई यति सम्म फिदा बनाउँछन् कि केहि फ्यान्स उनीहरुको लागि पागल हुन्छन्। यस्तो अवस्थामा, धेरै फ्यानहरू प्रायः सोच्दछन् होला कि उनीहरूले आफूलाई मनपर्ने स्टारसँग विवाह पाईयोस्। सोच्दा त असम्भव लाग्न सक्छ तर यस्तो पनि भएको छ कि बलिउड स्टारले आफ्ना फ्यान्ससँग विवाह गरे। आज हामी तपाईंलाई यस्तै केहि स्टारका बारेमा बताउँछौं…..

दिलीप कुमार र सायरा बानो 

यस सूचीमा बलिउडका ट्रयाजिडी किंग दिलीप कुमार र सुन्दर अभिनेत्री सायरा बानोको नाम छ। दिलीप कुमारको नाम मधुवालासँग जोडिने गरेको थियो तर उनीहरुको विवाह भने हुन सकेन। अर्कोतर्फ, सायरा बानो १२ वर्षको उमेरबाट नै दिलीप कुमारको प्रेममा पागल थिइन्। सायरा फिल्म क्षेत्रमा आएपछि यी दुईको भेट भयो र सायरा मात्र २२ वर्षको हुँदा ४४ वर्षका दिलीप कुमारसँग विवाह भयो।

राजेश खन्ना र डिम्पल कबाडिया 

राजेश खन्नाको नाम पनि यो सूचीमा रहेको छ किनकि उनले पनि आफ्नी फ्यान डिम्पल कबाडियासँग विवाह गरेका थिए। सानै उमेरबाट राजेश खन्नाको ठूलो फ्यान रहेकी डिम्पललाई राजेशले नै विवाहको लागि प्रस्ताव राखेका थिए। यी दुई जोडी बीच १५ वर्षको उमेर अन्तर रहेको छ।

विवेक ओवरोय र प्रियंका अलवा

ऐश्वर्या रायसँग ब्रेकअपपछि विवेक निकै एक्लै भएका थिए। त्यसपछि उनका आमा-बुबाले विवेक र प्रियंकाको भेट गराएका थिए। प्रियंका विवेकको प्रेममा पागल थिइन् र उनको अभिनय शैलीको पनि फ्यान थिइन्। जसपछि यी दुई बीच बिस्तारै बिस्तारै माया बढ्दै गयो र विवाह बन्धनमा बाँधिए।

शिल्पा शेट्टी र राज कुन्द्रा 

शिल्पा र राज बलिउडको सबैभन्दा प्यारा जोडीमा पर्छन्। राज एक व्यापारी हुन् जो शिल्पाका ठूला फ्यान थिए। शिल्पा र राजको व्यापारिक यात्रामा भेट भएको थियो। राज शिल्पाका अत्यन्त ठूला फ्यान थिए, त्यसैले उनले शिल्पालाई हरेक कुरामा मद्दत गरे। राजको यहि स्वभाव शिल्पालाई निकै मन पर्यो। जसपछि यी दुई बीच प्रेम सम्बन्ध स्थापित भयो र प्रेम सम्बन्ध विवाहमा परिणत भयो।

जुही चावला र जय मेहता 

प्यारो मुस्कानका साथ हरेक मानिसको मन चोर्न सफल जुहीको विवाहको खबरले धेरैलाई चकित पारेको थियो। जुही बलिउडकी एक सुन्दर अभिनेत्री थिइन्। यस्तोमा सबैले सोचेका थिए कि उनी कुनै प्रख्यात अभिनेता वा क्रिकेटरसँग विवाह गर्छिन्। तर उनले आफ्ना ठूला फ्यान तथा व्यापरी जय मेहतासँग विवाह गरिन्।

प्रकाशित : शुक्रबार, बैशाख १०, २०७८१३:४०

आफ्नो बच्चा पढ्ने स्कुलबाहिर समोसा बेच्थे नेहाका पिता, सम्झेर हुन्छिन भावुक!