यो हप्ता ८७ अंकले घट्यो नेप्से, ३२ अर्ब भन्दा धेरैको सेयर किनबेच !

काठमाडौँ । यो साता नेप्से परिसूचक समग्रमा ८७.४५ अंकले घटेको छ। साताको पहिलो दिन आइतबार २७३५.४६ को बिन्दुबाट खुलेको नेप्से परिसूचक हप्ताको अन्तिम कारोबार दिन बिहिबार २६४८.०१ को बिन्दुमा बन्द भएको थियो।

आइतबार नेप्से परिसूचकमा ५.८९ अंकले घटेर २६९९.५१ बिन्दुमा बन्द भएको थियो भने सोमबार ३७.५८ अंकले घटेको थियो। साता तेस्रो दिन मंगलबार २.६८ अंकको सामान्य सुधार आएको नेप्से बुधबार पुन: राताम्मे भएको थियो। यस दिन ३२.४१ अंकले घटेको नेप्सेमा अन्तिम कारोबार दिन बिहिबार भने सुधार आएको थियो। बिहिबार ५.८० अंकले बजार सूचक बढेर २६४८.०१ को बिन्दुमा पुगेको छ। साताको सुरुवातमा र अन्त्यमा नेप्से परिसूचकको अन्तर ८७.४५ अंकको रहेको छ।

गत साता नेप्सेले एक-पछि अर्को गर्दै नयाँ रेकर्ड कायम गरेको थियो। गत साता नेपाल सेयर बजार इतिहासमै पहिलो पटक नेप्सेले २७ सय विन्दु पार गरेको थियो।

त्यस्तै, यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३२ अर्ब बराबरको सेयर कारोबार भएको छ। यस हप्ता २३५ कम्पनीका ३२ अर्ब ७९ करोड ४६ लाख १३ हजार १ सय ७२ रूपैयाँ बराबरका ७ करोड २९ लाख १८ हजार ९ सय ६६ कित्ता सेयर किनबेच भएको छ। यस साताको अन्त्यसम्म आइपुग्दा बजार पुँजीकरण ३६ खर्ब ६६ अर्ब ६९ करोड ९१ लाख ९० हजार पुगेको छ ।

प्रकाशित : शुक्रबार, बैशाख १०, २०७८१४:०७

सात कम्पनीले साढे दुई अर्ब भन्दा बढीको आईपीओ निष्कासन गर्ने, कुन कम्पनीले कति ?