त्रिकोणात्मक सिरिजको फाइनल आज, घरेलु मैदानमा पहिलो टी–२० उपाधि जित्ने दाउमा नेपाल !

काठमाडौँ । जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको फाइनलमा आज घरेलु टोली नेपाल र नेदरल्याण्ड्स भिड्दै छन्। खेल नेपाली समय अनुसार दिउसो १:१५ मा कीर्तिपुर त्रिवि अन्तराष्ट्रिय मैदानमा सुरु हुनेछ।

घरेलु टोली नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मेलित सिरिजमा नेपाल ४ खेलबाट ६ अंकका साथ पहिलो स्थानमा रहन सफल भएको थियो भने नेदरल्याण्ड्स ५ अंकका साथ दोस्रो स्थानमा रह्यो। एक खेल पनि जित्न नसकेको मलेसिया अन्तिम स्थानमा रहन पुग्यो। लिग चरणमा यी दुई टोली बीच दुई खेल भइसकेको छ। जसमा दुबै टोलीले एक-एक पटक विजय हाँसिल गरेका थिए।

ब्याटिङ र बलिङ दुबै पक्षले उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाली टोली घरेलु मैदानमा उपाधि जित्ने दाउमा रहनेछ भने नेपाल विरुद्ध २ सय भन्दा धेरैको लक्ष्य पछ्याउँदै जीत हात परेको नेदरल्याण्ड्स फेरी नेपाललाई पराजित गर्ने दाउमा मैदानमा उत्रिनेछ।

नेपालका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल सिरिजमा सबैभन्दा धेरै रन बनाउने खेलाडी रहेका छन्। जारी सिरिजमा लगातार ३ अर्धशतक प्रहार गरेका कुशलले ४ खेलमा ६७ को औसतमा २०१ रन बनाएका छन्। त्यस्तै, बलिङतर्फ पनि नेपालकै सन्दीप लामिछानेले सबैभन्दा बढी विकेट लिन सफल भएका छन्। उनले कुल ११ विकेट लिएका छन्।

यी दुई टोली बीच हेड टू हडे हेर्दा नेपाल नेदरल्याण्ड्सभन्दा बलियो देखिएको छ। पछिल्ला पाँच म्याचमा तीन खेलमा नेपाल विजयी भएको छ। एक खेल नतिजाविहीन भएको थियो।

प्रकाशित : शनिबार, बैशाख ११, २०७८१२:१८

यी हुन् फुटबल इतिहासका सर्वोत्कृष्ट ५० खेलाडी, रोनाल्डो सातौँ स्थानमा, नम्बर १ को ?