भारतमा रक्सीको खोजिमा यताउता भौतारिए: नपाएपछि पिए स्यानिटाइजर, ७ को मृत्यु!

सांकेतिक तस्विर

एजेन्सी, अहिले संसारको थुप्रै देशहरुमा कोरोनाको महामारी बढेको छ।  गत वर्ष चिनको वहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड-१९)  छिमेकी राष्ट्र भारतमा आ-क्रामक रुपमा फैलिदै जादा खुला सिमानाका कारण नेपाल पनि यस भाइरसबाट अछुतो रहेको छैन । कोरोना संक्रमण म-हामारीको रुपमा हालसम्म विश्वका २१२ भन्दा बढी देशहरुमा फैलिएको छ ।

पछिल्लो केहि समय  यता कोरोना संक्रमण विश्व भरि नै बढिरहेको छ । त्यस्तै कोरोनाको दोस्रो लहर सामना गरिरहेको भारतमा केहि दिन अघि एकैदिन करिब  डेढ लाख नयाँ संक्रमित भेटिएको थियो। दिनदिनै कोरोना संक्रमित बढेपछि हाल भारतका थुप्रै ठाउहरुमा लकडाउन भएको छ। लकडाउन भएपछि  म-दिराको लत लागेकाहरूलाई यसको प्रभाव पर्यो। उनीहरु म-दिराको खोजीमा यताउता दौडिरहे र कतै नपाईएपछि   स्यानिटाइजर नै पिए। स्यानिटाइजर पिएर भारतको महाराष्ट्रमा रहेको यवतमालमा सातजनाको मृत्यु भएको छ ।

खबरअनुसार रक्सी नपाएपछि स्यानिटाइजर पिएका दत्ता लांजेवार, नूतन पाथकर लगायत अन्य पाचै जनालाई छातीमा पीडा भएको थियो। त्यसलगतै उनीहरुलाई अस्पताल पुर्याईए पनि केही समयपछि उनीहरूको मृत्यु भयो ।

प्रकाशित : आइतबार, बैशाख १२, २०७८११:२८

नेपालगन्जमा कोरोना संक्रमित खत्रीले गरे आ-त्मह-त्या!