कोरोना संक्रमण पछि निमोनिया भयो, उपचार गर्दा-गर्दै गयो ज्यान !

दाङ – यहाँ कोरोनाबाट आज एक पुरुषको ज्यान गएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत घोराही उपमहानगरपालिका– १५ निवासी ५७ वर्षीय पुरुषको ज्यान गएको अस्पतालका व्यवस्थापक द्रोण ओलीले जानकारी दिए।

उनका अनुसार ती पुरुषको आज बिहान ११ः१५ बजेतिर ज्यान गएको हो । उनी अस्पतालमा यही वैशाख २ गतेदेखि सघन उपचार कक्षमा उपचाररत भर्ना भएका थिए । उनमा निमोनियासमेत थियो । यसअघि गत शनिबार तुलसीपुर उपमहानगरपालिका– १० निवासी ४२ वर्षीय महिलाको पनि कोरोनाका कारण ज्यान गएको थियो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचारका क्रममा ज्यान गएको हो । जिल्लामा वैशाख महीनायता छ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । तीमध्ये तुलसीपुरमा तीन, घोराहीमा दुई र लमहीमा छन् ।

यसैबीच शनिबारमात्र दाङमा ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । प्रतिष्ठान दाङमा १६० को पिसिआर परीक्षण गर्दा ६७ र जिल्ला बाहिर गरिएको परीक्षणमा २१ जनामा कोराना पुष्टि भएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

प्रकाशित : आइतबार, बैशाख १२, २०७८१४:४८

लकडाउनको हल्लासँगै शेयर बजारमा पहिरो !