सरकारको तयारी – सबै तहका परीक्षा स्थगित, सीमा नाका बन्द !

काठमाडौँ – कोरोना भाइरस संक्रमण लगातार बढेपछि सरकारले थप कडाई गर्ने तयारी गरेको छ। दिनमै ३ हजार भन्दा बढी संक्रमित फेला पर्न थालेसँगै सरकारले विभिन्न क्षेत्रमा कडाई गर्ने तयारी गरेको हो।

तत्काल लकडाउन गर्ने नीतिमा सरकार नरहेपनि विभिन्न क्षेत्रमा कडाई गर्ने तयारीमा सरकार रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार सरकारले सबै तहका परीक्षा स्थगित गर्नुका साथै सीमा नाका पनि बन्द गर्ने तयारी गरिरहेको छ।

कोभिड संकट व्यवस्थापन केन्द्रले यस सम्बन्धमा आवश्यक छलफल गरिरहेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताएका छन्। उनका अनुसार यसबारेमा सीसीएमसीले तयारी गरिरहेको छ।

काठमाडौँ सीडीओ कार्यालय बन्द

कोरोनाको उच्च जोखिममा रहेको काठमाडौँ जिल्लाको सीडीओ कार्यालय बन्द हुने भएको छ। कार्यालयमा कार्यरत केही कर्मचारी संक्रमित भएपछि काठमाडौँ जिल्ला प्रशासन कार्यालय बन्द गर्ने निर्णय गरिएको हो।

जिप्रकाले आइतबार एक सूचना जारी गर्दै कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको जानकारी गराएको छ। जिप्रका एक हप्ताका लागि बन्द हुने प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए।

प्रकाशित : आइतबार, बैशाख १२, २०७८१८:५७

उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यलय बन्द, अत्यावश्यक सेवा मात्रै दिइने !