रोमाञ्चक मोडमा ला लिगा, कसले मार्ला बाजी ?

एजेन्सी – ला लिगाको उपाधि दौड रोमाञ्चक बनेको छ । पछिल्ला नतिजाहरुले शीर्ष चार टोलीबीचको अंकअन्तर घट्दै गएको छ । रियल म्याड्रिडले शनिबारको खेलमा रियल बेटिसँग गोलरहित बराबरी खेलेको थियो । बार्सिलोनाले आइतबार भिल्लारियललाई हराएको छ । शीर्षस्थानको एट्लेटिको म्याड्रिड एथलेटिक बिलबाओसँग स्तब्ध भएको छ ।

एन्टोइन ग्रिजमनको २ गोलमा बार्सिलोनाले लगातार दोस्रो खेल जितेपछि दोस्रो स्थानको रियलसँग बराबरी गरेको छ । रियल र बार्सिलोनाको समान ७१ अंक पुगेको छ । बार्सिलोनाले शीर्ष टोली एट्लेटिक र रियलको भन्दा १ खेल कम खेलेको छ । रोनाल्डो कोम्यानको टोलीले बिहीबार ग्रानाडालाई हराएको खण्डमा ला लिगाको शीर्षस्थानमा उक्लनेछ । त्यति बेला एट्लेटिक १ अंकले पछाडि पर्ने छ । एट्लेटिकको ७३ अंक छ ।

बिलबाओसँगको हारले एट्लेटिको उपाधि दौडमा धक्का लागेको छ । अब टोलीले उपाधि दौडलाई बलियो बनाउन क्याम्प नोउमा बार्सिलोनाविरुद्धको खेलमा जित निकाल्नु पर्ने हुन्छ । अन्यथा अन्य शीर्ष टोलीको नतिजामा निर्भर पर्नुपर्ने हुन्छ ।

सेभिल्लापछि उपाधि दौडमा जोडिएको छ । रेफ्रीले निर्धारित समयमा भन्दा एक मिनेटअघि नै अन्तिम सिठ्ठी फुकेको खेलमा सेभिल्लाले ग्रानाडालाई २–१ ले हराएको थियो । चौथो स्थानमा रहेको सेभिल्लाको ७० अंक छ । त्यो रियल र बार्सिलोनाको भन्दा २ अंक कम हो । शीर्ष ३ टोलीहरुले बाँकी खेलमा अप्रत्यासित नतिजाहरु बेहोरेको खण्डमा सेभिल्लाको पनि सम्भावना बन्न सक्नेछ ।

प्रकाशित : मङ्गलबार, बैशाख १४, २०७८१२:३६

“नेयमारमा छुट्टै विशेषता छ, उनी नाचे जस्तै फुटबल खेल्छन्”