फेरी बढ्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ!

काठमाडौँ, बैशाख १६ । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ ।  बुधबार ७ सय रुपैयाले घटेको सुनको आज तोलामा ३ सय रुपैयाले बढेको हो।

 नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य ३  सय रुपैंयाँले  बढेसंगै छापावाला सुन ९० हजार ८  सय र तेजाबी सुन ९० हजार ३  सयमा कारोबार भइरहेको छ। यस अगाडी बुधबार छापावाला सुन ९०  हजार ५  सय र तेजाबी सुन ९० हजार  रुपैयाँमा कारोबार भएको थियो। वैशाख लागेयता सुनको मूल्य लगातार बढिरहेको छ। वैशाख महिनामा कायम भएको सुनको मूल्य गएका महिनाहरु मध्येकै महँगो हो। तर, आज कायम भएको सुनको मूल्य वैशाख ८ गते यताकै सस्तो रहेको छ।

चाँदीको मूल्य

सुनको मूल्य बढ्दा  आज चाँदीको मूल्य पनि  बढेको छ। तोलामा रु १०  ले बढेर चाँदीको मूल्य १३ सय १५ रुपैंयाँमा  कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : बिहिबार, बैशाख १६, २०७८११:२७

धेरै दिनपछि ह्वातै घट्यो आज सुनको मुल्य, चाँदीको भाउ स्थिर!