धेरै दिनपछि ह्वातै घट्यो आज सुनको मुल्य, चाँदीको भाउ स्थिर!

काठमाडौँ, बैशाख १७। धेरै दिनपछि नेपाली बजारमा आज साताको अन्तिम दिन अर्थात् शुक्रबार सुनको मुल्य ह्वातै घटेको छ । बिहिबार ३ सय रुपैयाले बढेको  सुनको आज तोलामा ९ सय रुपैयाले घटेको हो।

 नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य ९  सय रुपैंयाँले  घटेसंगै छापावाला सुन ८९ हजार ९ सय र तेजाबी सुन ८९  हजार ४ सय ५० मा कारोबार भइरहेको छ। यस अगाडी बिहिबार छापावाला सुन ९०  हजार ८  सय र तेजाबी सुन ९० हजार  ३ सय रुपैयाँमा कारोबार भएको थियो।

वैशाख लागेयता सुनको मूल्य लगातार बढिरहेको छ । वैशाख महिनामा कायम भएको सुनको मूल्य गएका महिनाहरु मध्येकै महँगो हो । तर, आज कायम भएको सुनको मूल्य वैशाख ८ गते यताकै सस्तो रहेको छ।

चाँदीको मूल्य

सुनको मूल्य घट्दा आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य १३ सय १५ रुपैंयाँमा  कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : शुक्रबार, बैशाख १७, २०७८१२:५१

सीईडीबीको आईपीओमा मागभन्दा २.७८ गुणा बढी आवेदन, छिट्टै बिक्रि बन्द हुने!