यी हुन् ४ नेपाली नायिका, जसको प्रेम सम्बन्ध रहन्छ सधै चर्चामा!

सामाजिक संजालमा फिल्म क्षेत्रको चर्चा वा विवादहरु सार्वजनिक भईरहन्छ।  साथै कलाकारको व्यक्तिगत जीवनको कुराकानी र चर्चा पनि भईरहन्छ। जीवनमा थुप्रै  समस्या आउँदा पनि आफ्नो मान्छेको साथ मिल्छ। साथै कैयौँ कलाकार प्रेम सम्बन्धको कारण पनि चर्चामा आउँछन्। सबैभन्दा चर्चाको विषयमा आउने भनेको अभिनेता-अभिनेत्रीको लभ लाइफ हो ।

थुप्रै अभिनेत्रीलाई आफ्नो व्यक्तिगत जीवन सार्वजनिक गर्न मन पर्दैन।  त्यसमा अभिनेत्री नम्रता श्रेष्ठ पनि पर्छिन्। उनलाई आफ्नो व्यक्तिगत जीवन सार्वजनिक गर्न मन पर्दैन।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले  भने आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गर्दै आइरहेकी छिन् । केहि समय पहिले उनको ब्वायफ्रेन्डसँगको फोटो भाइरल भएको थियो। नायिका साम्राज्ञीको देवांश जंग राणासंग प्रेम रहेको छ।

नायिका आना शर्माले सोनाम छिरिङसँग तस्बिर हाल्दा भाइरल भएको थियो । यी दुईको जोडीलाई निकै मन पराईन्छ। तर अहिले यी दुईको ब्रेकअप भैसकेको छ ।

नायिका पुजा शर्मा र निर्दैशक सुदर्शन थापाको प्रेम सम्बन्ध  पनि निकै चर्चित भएको थियो । तर  यी दुईले भने आफ्नो सम्बन्ध खुलस्त रुपमा स्वीकार गरेका छैनन्। साथै बेला-बेलामा नायिका पुजाको अभिनेता आकाश श्रेष्ठसंग पनि नाम जोडिने गरेको छ। पुजा र आकाशका फ्यानहरुले पनि उनीहरुको जोडीलाई निकै मन पराउछन्।

प्रकाशित : सोमबार, बैशाख २०, २०७८१७:०९

यस व्यक्तिकै लागि यी दुई अभिनेत्रीले गरेका थिए एक-अर्कासँग झगडा!