यस व्यक्तिकै लागि यी दुई अभिनेत्रीले गरेका थिए एक-अर्कासँग झगडा!

हामि सबैले बलिउड अभिनेत्रीहरु बीचको मित्रता पर्दामा देखेका छौ, तर के तपाईलाई थाहा छ  केहि अभिनेत्रीहरु  वास्तविक जीवनमा एक-अर्काको दुश्मन हुन्छन्? दुई अभिनेत्रीबीच फिल्ममा रोलदेखि शुल्कलाई लिएर झ-गडा हुन्छ? तर केहि अभिनेत्री भने ब्वायफ्रेन्डको लागि  झगडा गर्छन्। जसमा अभिनेत्री मनीषा कोइराला र ऐश्वर्या राय पनि पर्ने गर्छन।

तपाई यो सुनेर छक्क पर्नुहुनेछ कि एक समयमा बलिउडको चर्चित अभिनेत्रीहरु पुरुषको लागि एक-अर्कासंग लड्थे। दुवै अभिनेत्रीबीच बहस भयो। जुन केटाको लागि मनीषा-ऐश्वर्याबीच बहस भएको थियो , उनको नाम राजीव मूलचंदानी थियो। सबैलाई  ऐश्वर्याको पहिलो माया सलमान खान लागे पनि उनको पहिलो क्रश भने  राजीव मूलचंदानी चंदानी थिए। यो कुरा ऐशले  मोडलिंग गर्ने समयको  हो। त्यस समय राजीव मोडलिंगको चर्चित अनुहार थिए।

मोडलिंग गर्ने समयमा ऐश्वर्या  राजीव मुलचंदानीसँग नजिकिन थालिन्। ऐश्वर्या सधैँ राजीवलाई आफ्नो साथी बताउथिन्। खबर अनुसार ऐश्वर्या मिस वर्ल्ड बनेपछि उनी विस्तारै राजीवबाट टाढा भएकी थिइन् । त्यसैसमय राजीवको नाम बलिउड अभिनेत्री मनीषा कोईरालासँग पनि जोडिएको थियो। मनीषा आफैले राजीव र आफु नजिकिएको कुरा फैल्याएकी थिइन्। मनीषाले खुलासा गरेकी थिइन् कि अभिनेत्री ऐश्वर्याको कारणले उनको जीवनमा धेरै उथल पुथल मच्चिएको छ ।

सन्  १९९४ सालमा  मनीषाले एक म्यागज़ीनलाई दिएको अन्तर्वार्तामा आफ़ुले राजीव मूलचंदानीलाई डेट गरिरहेको कुरा बताएकी थिइन्। मनीषाले  उक्त अन्तरवार्तामा  राजीवले ऐश्वर्यालाई छोडेको कुरा बताएकी थिइन्। साथै मनीषाले राजीव र ऐश्वर्याको लव लेटर्स देखेको कुरा पनि खुलस्त रुपमा भनेकी थिइन्, जुन राजीवले ऐश्वर्याको लागि लेखेका थिए।  मनीषाको यो अन्तरवार्तापछि ऐश्वर्या निकै दुखी भएकी थिइन्, किनकी त्यस समय ऐश्वर्या इंडस्ट्रीमा काम सुरु गरिरहेकी थिइन् र  मनीषा भने पहिलेदेखि नै चर्चित थिइन्।

१९९९ सालमा ऐश्वर्या रायले  एक म्यागजीनलाई दिएको अन्तर्वार्तामा मनीषाको कुरामा उनले आक्रोश व्यक्त गरेकी थिइन्। उक्त अन्तवार्तामा ऐश्वर्याले  मनीषाको सबै कुरा साँचो नरहेको बताएकी थिइन्। मनिषाले आफ्नो बारेमा  नराम्रो भनेपछि आफुलाई निकै समस्या भएको  ऐश्वर्याले बताएकी थिइन्। उनको कुरा सुनेर रातभरि रोएको र त्यस्तो आरोपले आफ्नो छविमा असर परेको बताएकी थिइन्। यस अन्तर्वार्तामा उनले आफु राजीवसँग सम्बन्धमा नरहेको पनि  खुलासा गरेकी थिइन्।

प्रकाशित : सोमबार, बैशाख २०, २०७८२०:१३

‘कांटा लगा’ गीतमा देखिएकी शेफाली यति धेरै फेरिइन्, पहिला भन्दा भएकी छन् धेरै सुन्दर ! [तस्विर]