फ्रिकिक गोलमा रोनाल्डोलाई मेस्सीको टक्कर, यस्तो थियो भ्यालेन्सियाविरुद्धको गोल ! [भिडियो सहित]

एजेन्सी – बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले लालिगामा आफ्नो गोल संख्या २८ पुर्याएका छन्। आइतबार राति भ्यालेन्सियाविरुद्धको खेलमा दुई गोल गरेसँगै मेस्सीको गोल संख्या २८ पुगेको हो। मेस्सीले यो गोल संख्या ३२ खेलमा पुर्याएका हुन्।

मेस्सीको चिप प्रहारलाई टोनी लाटोले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि ५७औं मिनेटमा पाएको पेनाल्टीमा चुकेपनि मेस्सीले रिवाउन्डमा मेस्सीले गोल गर्न सफल भए।

पेनाल्टीमा सिधा गोल गर्न नसकेपनि मेस्सीले आइतबार फ्रिकिकमा एक उत्कृष्ट गोल गरे। पेनाल्टी बक्सबाहिर सोलेरले मेस्सीलाई फल गरेपछि बार्सिलोनाले फ्रिकिक पाएको थियो ।

झन्डै २० यार्ड टाढाको मेस्सीको फ्रिकिकलाई गोलरक्षक जस्पर सिलेसनले रोक्ने सकेनन्, मेस्सीले प्रहार गरेको बल सिधै गोलमा परिणत भयो।
आइतबार फ्रिकिक गोल गरेसँगै बार्सिलोनाका लागि मेस्सीको फ्रिकिक गोल संख्या ५० पुगेको छ।

https://twitter.com/CulersF/status/1388954602582777857

फ्रिकिकका लागि चर्चित रहेका बार्सिलोनाका मूख्य प्रशिक्षक रोनाल्ड कोम्यानले प्रतक्ष्य देख्न भने पाएनन्। पछिल्लो खेलमा रेड कार्ड खाँदै दुई खेलका लागि प्रतिवन्दमा परेपछि कोम्यानले आइतबार रातिको खेलमा सहभागी हुन नपाएका हुन्।

रोनाल्डो पछ्याउँदै मेस्सी

आइतबार भ्यालेन्सियाविरुद्ध फ्रिकिक गोल गरेपछि मेस्सीको फ्रिकिक गोल संख्या ५६ पुगेको छ। क्लबको लागि ५० र देशको लागि ६ गरी मेस्सीको फ्रिकिक गोल संख्या ५६ पुगेको हो । मेस्सी भन्दा रोनाल्डो एक गोलले मात्रै अगाडी छन् । रोनाल्डोले क्लबका लागि ४७ र देशका लागि १० गरी ५७ फ्रिकिक गोल गरिसकेका छन्।

प्रकाशित : सोमबार, बैशाख २०, २०७८१२:०३

मेस्सी, रोनाल्डो र लेवाण्डोस्कीमा कसले जित्ला युरोपियन गोल्डेन बुट ? यस्तो छ अवस्था !