मेस्सी, रोनाल्डो र लेवाण्डोस्कीमा कसले जित्ला युरोपियन गोल्डेन बुट ? यस्तो छ अवस्था !

एजेन्सी – युरोपियन गोल्डेन बुटका लागि तीन खेलाडी बीच प्रतिष्पर्धा हुने देखिएको छ। पछिल्लो अवस्था हेर्दा युरोपियन गोल्डेन बुटक लागि बायर्न म्युनिखका स्ट्राइकरलाई रोबर्ट लेवाण्डोस्की, बार्सिलोनाका लियोनेल मेस्सी र युभेन्टसका क्रिस्टियानो रोनाल्डो बीच प्रतिष्पर्धा हुने देखिन्छ।

युरोपियन गोल्डेन बुट दौडमा अहिले मेस्सिरा रोनाल्डो भन्दा लेवाण्डोस्की केहि अगाडी छन्। लेवाण्डोस्कीले अहिले सम्म जर्मन बुन्डेसलिगामा ३६ गोल गरिसकेका छन्। लेवाण्डोस्कीले ३६ गोल मात्रै २६ खेलमा गरेका हुन्।

लेवाण्डोस्कीलाई पछ्याइरहेका मेस्सी र रोनाल्डोले क्रमशः २७ र २८ गोल गरेका छन्। मेस्सीले २८ गोल ३२ खेलमा र रोनाल्डोले २७ गोल ३० खेलमा गरेका हुन्।

युरोपियन गोल्डेन बुटमा कसले मार्ला बाजी ?

गत वर्ष लेवाण्डोस्की युरोपियन गोल्डेन बुट जित्न असफल भएका थिए। बुन्डेसलिगामा मात्रै ३४ खेल हुने गरेका कारण उनले युरोपियन गोल्डेन बुट गुमाउनुपरेको थियो। लेवाण्डोस्कीलाई पछि पार्दै सिरो इम्मोबाइलले गोल्डेन बुट जितेका थिए।

जारी सिजनमा बायर्नले बुन्डेसलिगामा ३ खेल खेल्न बाँकी छ। बाँकी रहेको खेलमा केहि गोल मात्र गरेपनि लेवाण्डोस्कीले युरोपियन गोल्डेन बुट जित्न सक्छन्। उता बार्सिलोना र युभेन्टस दुवैले आ-आफ्ना लिगमा ४-४ खेल खेल्न बाँकी छ। लेवाण्डोस्कीलाई भेट्टाउनको लागि मात्र मेस्सी र रोनाल्डो र ८ र गोल गर्नुपर्ने हुन्छ।

प्रकाशित : सोमबार, बैशाख २०, २०७८१२:५२

जम्दै मेस्सी-ग्रिजमनको जोडी, बार्सिलोनामा नेयमारको आवश्यकता टर्दै !