जम्दै मेस्सी-ग्रिजमनको जोडी, बार्सिलोनामा नेयमारको आवश्यकता टर्दै !

एजेन्सी – एन्टोइन ग्रिजमनले उनी बार्सिलोनाका लागि कति महत्वपूर्ण छन् भन्ने कुरा एकपटक पुनः प्रमाणित गरेका छन्। आइतबार राति एक गोलले पछि परेको बार्सिलोनालाई जित तर्फ अगाडी बढाउन धेरै नै महत्वपूर्ण भूमिका निभाए।

ग्रिजमनले आइतबार भ्यालेन्सिया विरुद्ध गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। जोर्डी अल्वाको क्रसमा फ्रान्की डि योङको हेडरलाई गोलरक्षक जस्पर सिलेसनले बचाएपछि रिवाउन्डमा ग्रिजमनले गोल गरेका थिए। ग्रिजमनले गरेको उक्त गोल बार्सिलोनालाई विजयी गराउन धेरै नै महत्वपूर्व सावित भयो।

बिस्तारै लय समात्दैछन् ग्रिजमन

ग्रिजमनको पछिल्ला प्रदर्शनहरुलाई हेर्ने हो भने उनी क्रमिक रुपमा सुधारिएको प्रदर्शन गरिरहेका छन्। एथ्लेटिको म्याड्रिडबाट बार्सिलोना आएयता खासै सोचेजस्तो प्रदर्शन गर्न असमर्थ उनले पछिल्लो समय भने लय समात्ने छनक देखाएका छन्।

ग्रिजमनले गत हप्ता भिलारियल विरुद्धको खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। उक्त खेलमा उनले गरेका दुई गोलका कारण नै बार्सिलोनाले जित हात पारेको थियो।

जम्दैछ मेस्सी र ग्रिजमनको जोडी

शुरुवाती चरणमा मेस्सी र ग्रिजमनको जोडी खासै जम्न नसकेपनि पछिल्ला केहि प्रदर्शनहरुले यी दुई बीचको जोडी राम्रै जम्ने सङ्केत दिएको छ। छन्। मेस्सी र ग्रिजमनको जोडी आउने समयमा थप जम्दै जाने विश्लेषकहरु बताउँछन्।

मेस्सीको पार्टनर पीएसजीमा होइन, बार्सिलोनामै छन्

स्पेनको एक पत्रिकाले ग्रिजमनको प्रदर्शनलाई लिएर मेस्सीको पार्टनर बार्सिलोनामै फेला परेको टिप्पणी गरेको छ। बार्सिलोना फिर्ता हुन चाहेपनि ग्रिजमन चलेको खण्डमा नेयमारको आवश्यकता नपर्ने उसको विश्लेषण छ।

प्रकाशित : सोमबार, बैशाख २०, २०७८१६:१५

एम्बाप्पेका कारण सिटि विरुद्ध पिएसजीको मनोबल उच्च !