एम्बाप्पेका कारण सिटि विरुद्ध पिएसजीको मनोबल उच्च !

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) को म्यानचेस्टर सिटीविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगका लागि मनोबल थप उच्च भएको छ । चोटका कारण पछिल्लो समय आराम गरिरहेका टोलीका मुख्य खेलाडी मध्येका एक केलियन एमबाप्पे चोटमुक्त भएका छन् ।

चोटका कारण फ्रान्सेली फरवार्डले अघिल्लो साता लिग वानमा लेन्सविरुद्धको खेल गुमाएका थिए । उनको पिडौलामा समस्या रहेका कारण उनलाई आराम दिएको छ । च्याम्पियन्स लिग टोलीका लागि भने प्रशिक्षक माउरिसियो पोचेटिनोले एमबाप्पेलाई समेटेका छन् ।

‘एमबाप्पेको उपस्थितिलाई लिएर आशावादी छु । अपेक्षा गरौं उनी हामीसँग हुनेछन्’, प्रशिक्षक पोचेटिनोले भनेका छन्,‘ तर उनी खेल्ने नखेल्ने विषयमा खेल अघि निर्णय लिनेछौं ।’

एमबाप्पे खेलेको अवस्थामा पिएसजीले खेलमा पुनरागमन गर्ने सम्भावना बढ्नेछ । घरेलु मैदानमा भएको पहिलो लेगमा पिएसजी सिटीसँग २–१ ले पराजित भएको थियो । उक्त खेलमा एमबाप्पेको प्रदर्शन भने सन्तोषजनक रहेको थिएन । यद्दपी उनले ४५ युरोपियन खेलमा २७ गोल गर्नुका साथै १७ एसिस्ट गरेका छन् ।

पहिलो लेगमा उनले सन्तोषजनक प्रदर्शन गर्न नसकेपनि स्तरमा कम छैनन् । खेलमा म्यानचेस्टर सिटीका गोलकिपर इन्डरसनले भन्दा एमबाप्पेले कम पटक बल छोएका थिए । इन्डरसनले ३० पटक बल छुँदा एमबाप्पेले २९ पटकबाट बल छुने अवसर पाएका थिए ।

प्रकाशित : सोमबार, बैशाख २०, २०७८२२:१९

“सिटीलाई हराउन जे पनि गर्छु, मर्न परे पनि मर्छु”