“सिटीलाई हराउन जे पनि गर्छु, मर्न परे पनि मर्छु”

एजेन्सी – पेरिस सेन्ट जर्मन(पिएसजी)का स्टार खेलाडी नेयमारले म्यानचेस्टर सिटी विरुद्धको खेलमा ज्यान दिएर खेल्ने बताएका छन्। म्यानचेस्टर सिटीविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेग अगाडी नेयमारले एक मिडियासँग कुराकानी गर्ने क्रममा पिएसजीलाई जिताउन सिटी विरुद्धको खेलमा ज्यान दिएका खेल्ने बताएका हुन्।

नेयमारले आफूहरु सिटी विरुद्धको खेलका लागि पूर्णरुपमा केन्द्रित भएको मात्र बताएनन्, सिटीलाई उसकै मैदानमा कडा टक्कर दिन तयार रहेको पनि बताए।

टिमका लागि गर्नुपर्ने सम्पूर्ण योगदान गर्न आफू तयार रहेको उनको भनाई छ। पहिलो लेगमा सोचेजस्तो प्रदर्शन गर्न नसकेपनि आफूहरुसँग बलियो टिम रहेको र त्यसले पुनरागमन गर्न सक्ने नेयमारले विश्वास व्यक्त गरे।

नेयमारले भने,”मलाई लाग्छ हरेक पेरिसवासीले हामीमा विश्वास गर्नुपर्दछ। म अग्रस्थानमा छु र सिटी विरुद्धको लडाईमा डटेर लड्ने पहिलो योद्धा मैं हुनेछु।”

पिएसजीलाई जिताउन मैदानमा आवश्यक हुने सम्पूर्ण कार्य गर्न आफू तयार रहेको उनले सुनाए। नेयमारका अनुसार सिटीहराउन ज्यान दिनुपरे पनि उनी पछि हट्नेछैनन्।

“म उत्कृष्ट दिने प्रयास गर्नेछु। पिएसजीलाई जिताउन म जे पनि गर्नेछु, पिचमा मर्नुपर्ने पनि म पछि हट्ने छैन।”,नेयमारले भने,”पछिल्लो खेलको स्ट्याटले जे भनेपनि हामीले पुनरागमन गर्ने छौँ।”

प्रकाशित : मङ्गलबार, बैशाख २१, २०७८१०:४९

म्यानचेस्टर सिटी र पीएसजी भिड्दै ! कसले मार्ला बाजी ?