लगातार बढ्दै सुनको मूल्य, हप्ताको तेस्रो दिन पनि बढ्यो !

काठमाडौँ – हप्ताका शुरुवाती दुई दिन लगातार बढेको सुनको मूल्य आज पनि बढेको छ। आइतबार र सोमबार बढेको सुनको मूल्य आज पनि बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा २ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९० हजार ६ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैंयाँले बढेको छ। नेपाली बजारमा आज तेजाबी सुन ९० हजार १ सय रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य आइतबार तोलामा १ सय रुपैंयाँ र सोमबार ४ सय रुपैंयाँले बढेको थियो।

चाँदीको मूल्य

आज सुनको मूल्य मात्र बढेको छैन, चाँदीको पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघमा अनुसार तोलामा रु २५ ले बढेर चाँदीको मूल्य १३ सय २५ कायम भएको छ।

प्रकाशित : मङ्गलबार, बैशाख २१, २०७८११:०२

मध्य भोटेकोशी जलविद्युत्को आइपिओ बिक्रि खुला ! कसले-कसले पाउँछ आवेदन दिन ?