मध्य भोटेकोशी जलविद्युत्को आइपिओ बिक्रि खुला ! कसले-कसले पाउँछ आवेदन दिन ?

काठमाडौँ – मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले प्राथमिक शेयर (आइपिओ) बिक्रि खुला भएको छ। कम्पनीले आयोजना प्रभावित जिल्लाका स्थानीयका लागि मंगलबारबाट आइपिओ बिक्रि खुला गरेको हो।

पहिलो चरणमा १ सय अंकित ६० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका सर्वसाधारणका लागि निष्कासन गरिएको कम्पनीले जनाएको छ।

त्यसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाका लागि छुट्याइएको छ। त्यस्तै बाँकि ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणहरुले पाउनेछन्।

यस अगाडी कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ बिक्रि गरिसकेको छ । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले प्राथमिक शेयर (आइपिओ) बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।

प्रकाशित : मङ्गलबार, बैशाख २१, २०७८१३:२६

रुरु जलविद्युतको शेयरमुल्य बढ्यो ! कति ?